१४ फागुन, काठमाडौं ।
अव सिंगल इञ्जिन भएका विमानले यात्रु बोक्न नपाउने भएका छन् । २ दिनमा २ वटा विमान दुर्घटना भएपछि सरकारले सिङ्गल इञ्जिन जहाजलाई यात्रु बोक्न रोक लगाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अव सिङ्गल इन्जिन जहाजलाई यात्रु नबोक्न निर्देशन दिएका छन् ।
शुक्रबार कालिकोटमा सिङ्गल इन्जिन भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट र को पाइलटको निधन भएको छ । २ दिनमा दोश्रो दुर्घटनापछि मन्त्री पोखरेलले सिङ्गल इञ्जिन विमानलाई यात्रु नबोक्न निर्देशन दिएका हुन् ।
अर्को निर्णय नभए सम्म सिङ्गल इन्जिन जहाजलाई यात्रु नबोक्न निर्देशन दिएको मन्त्री पोखरेलको भनाइ छ ।
nepaliheadlines
Post a Comment