शताब्दीकै ठुलो खोज: ब्रह्माण्डको आवाज सुनियो, गुरुत्वाकर्षणीय तरंगको पहिलो प्रमाण

१०० वर्षको निरन्तर खोज पछि, एक अन्तर्राष्ट्रिय भौतिक शास्त्रीको समुहले गुरुत्वाकर्षणीय तरंग (Gravitational waves)को खोज सार्वजनिक गरेको छ।

अल्वर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावाद (General Relativity Theory) सिद्धान्तले अर्थ्याएको गुरुरत्वाकर्षणीय तरंगको पहिलो पटक वैज्ञानिकहरुले ठोस प्रमाण भेटेका हुन। शताब्दीकै सबैभन्दा ठुलो यो खोजले ब्रह्माण्डले कसरी काम गर्छ, त्यसको अध्ययनको लागि सम्भावित सिद्धान्त र प्रविधिको विकासमा ठुलो सहयोग गर्नेछ।

LIGO- Laser Interferometer gravitational-wave observatory ले गुरुत्वाकर्णीय तरंग पत्ता लगाएको हो।

१४ सेप्टेम्बर २०१५ मा लुसियाना स्थित लिभिग्स्टन ल्याबमा यो तरंगको कारण उपकरणले अनौठो ध्वनी पत्ता लगायो। त्यसको सात मिलिसेकेन्ड पश्चात वासिङ्गटनको हान्फोर्डमा भएको LIGO मा पनि त्यस्तै ध्वनी सुनियो। यो दुवै ध्वनी निकै अकस्मात सुनिएको थियो। यो आवाज त थियो तर ब्रह्माण्डको। गुरुत्वाकर्षणीय तरंग पहिलो पटक यसरी सुनिएको हो। यहि खोज ११ फेब्रुअरीमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक भएको छ।



यो आइन्स्टाइनको सामान्य सापेक्षतावादको सबैभन्दा ठुलो अनुमान थियो, प्रमाणित हुन बाँकी रहेको यो सिद्धान्तको ठोस प्रमाण भेटिएको हो।

के हो गुरुत्वाकर्षणीय तरंग?



गुरुत्वाकर्षणीय तरंग ध्वनी तरंग जस्तै हुन्छ। ध्वनी तरगं ३३२ मिटर प्रतिसेकेन्डमा हावामा यात्रा गर्न सक्छ भने गुरुत्वाकर्षणीय तरंग प्रकाशको गतिमा (करिब ३ लाख किलोमिटर प्रति सेकेन्ड)को गतिमा अन्तरिक्षमा यात्रा गर्न सक्छ।

कुनै आकाशिय पिण्डको कारण गुरुत्वाकर्षणीय तरंग पैदा हुने गर्छ। पृथ्वीको सतह तिर वस्तु आकर्षित हुने (भुइँमै खस्न खोज्ने) पृथ्वीको गुरुत्वबलको कारणले हुन्छ। त्यसरीनै पृथ्वीले चन्द्रमालाई, चन्द्रमाले पृथ्वीलाई, सूर्यले पृथ्वीलाई, अन्तरिक्षमा हरेक पिण्डले अर्को पिण्डलाई आफुतर्फ आकर्षित गरिरहेको हुन्छ। यहि आकर्षण बल नै गुरुत्वाकर्षण बल हो। यहि बलको कारण अन्तरिक्षमा पैदा  हुने तरंग नै गुरुत्वाकर्षणीय तरंग हो।

जति ठुलो पिण्ड र जति शक्तिशाली गुरुत्वबल भयो त्यति नै गुरुत्वाकर्षणीय तरंग शक्तिशाली हुन्छ। दुइ ठुला ब्ल्याक होल आपसमा ठोक्किदाँ निस्कने गुरुत्वाकर्षण तरंग निकै शक्तिशाली हुन्छ। ठुलो घटना भएकाले नै यसबाट निस्किएको तरंग पृथ्वीका उपकरणले पत्ता लगाउन सकेका हुन।

युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाका अनुसन्धानकर्ता डेभिड ब्लेर भन्छन्,’ अहिलेसम्म हामी बहिरो थियौं, अकस्मात हामीले कसरी सुन्ने थाहा पाएका छौ। ब्रह्माण्डले हामीसंग बोलेको छ र हामीले बुझेका छौँ।’

आवाजको स्रोत
१.३ बिलियन वर्ष अघि दुई ठुला ब्ल्याक होल आपसमा ठोक्किदाँ यो तरंग पैदा भएको अनुसन्धानकर्ताले पत्ता लगाएका छन्।

यो घटना आफैमा निकै ठुलो हो, किनकी अहिलेसम्म कुनै दुई ब्ल्याक होल आपसमा ठोक्किएको प्रमाण भेटिएको थिएन। १.३ बिलियन वर्ष अघिको घटना हुँदा पैदा भएका शक्तिशाली गुरुत्वाकर्षणीय तरंगको कारण अन्तरिक्ष-समय (Space-Time) हुँदै पृथ्वीमा अघिल्लो वर्षमात्र थाह पाइएको हो।

जसरी हामी रेडियो तरंगबाट टाढा बोलेका कुरा सुन्न सक्छौं त्यसरीनै अन्तरिक्षमा हुने अनि भएका घटना गरुत्वाकर्षणीय तरंगको मद्धतले सुन्न सक्छौँ। खोज नयाँ, अनि शताब्दीकै ठुलोमा गनिएकाले यसबाट विज्ञान कतिसम्म अगाडी बढ्न सक्छ अनुमान समेत गर्न सकिन्न
onlinedailypost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget