भर्खरै ताप्लेजुङमा गोली चल्यो, प्रहरीका असई गम्भीर घाइते

ताप्लेजुङ: ताप्लेजुङ खोक्लिङमा भएको बिवाद हिंसात्मक बनेपछि प्रहरीले हवाई फायर गरेको छ । भीड नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका एक असई घाइते भएका छन् ।

यौन दुरव्यवहारको बिषय मिलाउने क्रममा भएको विवादमा जम्मा भएको भीड नियन्त्रण गर्न खोज्दा स्थानीयको आक्रमणमा अस्थायी प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाइते भएका हुन् ।


उनको टाउकोमा चोट लागेको र टाउकोमा दश टाँका लगाइएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागी घाइते असईलाई जिल्ला अस्पताल तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज थापाले स्थानीय एक महिलालाई यौन दुव्र्यबहार गरेको बिषयमा बिद्यालयमै छलफल भइरहेको थियो । छलफल भइरहेकै समयमा स्थानीय महिलाहरुको एक समुहले आरोपित थापामाथि जाइलागेका थिए ।

दुई पक्षबीच झडपको स्थिति आउन लागेपछि प्रहरीको टोलीले भीड नियन्त्रणको प्रयास गरेको थियो । तर प्रहरीमाथि नै प्रहार हुन थालेपछि हवाई फायर गरेर भीड तितरवितर पारिएको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरीमाथी हातपात गर्नेको पहिचान नभएपनि प्रहरीले घटनामा संग्लग्न १२ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र स्थिती नियन्त्रणमा रहेको ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले बताए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget