गुजरातमा टाँगियो यस्तो नेपाली झन्डा

काठमाडौं: भारतको गुजरातमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पुग्दा त्यहाँ नेपालको भनिएको झन्डा फरक आकारमा देखियो ।

गुजरात राज्य सरकारले भारतीय राष्ट्रिय झन्डासँगै नेपालको चारकुने झन्डा टाँग्दै नेपाली झन्डाको अपमान गरेको हो ।


बाटो छेउका पोलहरुमा भारतको चारकुने झन्डासँगै गुजरात राज्य सरकारले नेपालको पनि चारकुने झन्डा बनाए राखेको हो । जसमा तीन कुने नबनाइ चारकुनेमा चन्द्र र सूर्य चिन्ह मात्र अंकित गरिएको छ।

भारत भ्रमणमा रहेका प्रम ओली भ्रमणको पाँचौ दिन गुजरातको भुज सहरमा भूकम्पपछिको पुनर्निर्माणको अवलोकन गर्न पुग्दा नेपालको अनौठो झन्डा भेटिएको हो ।

वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणलाई अघि बढाउनका लागि गुजरातको पुनर्निर्माणको ज्ञान लिन ओली त्यहाँ पुग्दा सडकको दायाँबायाँ दुबै देशको झन्डा टाँगिएको थियो ।

भूकम्पबाट ध्वस्त गुजरात अहिले पुनर्निर्णमापछि भारतको विकासको केन्द्रकारुपमा चिन्न थालिएको छ । भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीको अनुरोधमा उनको गृहराज्यमा नेपालका प्रधानमन्त्री ओली पुगेका हुन् ।

ओलीको स्वागतका लागि सडकको पोलमा भारतीय झन्डासँगै बिगारेर नेपाली झन्डा राखिएपछि सामाजिक सञ्जलामा विरोध भइरहेको छ ।

नेपाली राष्ट्रिय झन्डा विश्वमै एकमात्र त्रिकोणात्मक झन्डा हो । नेपाली झण्डाको माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लो त्रिकोणमा सूर्य अंकित रहेको छ  ।

यसको अर्थ आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई बुझाउने बताइन्छ । नेपाली झन्डामा रहेको निलो किनारालाई शान्तिको प्रतिक मानिन्छ भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।

नेपालको संविधान २०७२ को राष्ट्रिय झण्डासम्बन्धी धारा ८ मा राष्ट्रिय झण्डाबारे ब्याख्या गरिएको छ । 'सिम्रिक रङ्गको भुइँ र गाढा निलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित झन्डा नेपालको राष्ट्रिय झन्डा हो ।'
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget