भर्खरै अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु कैयैाँ घाइते

कन्सास— अमेरिकाको कन्सास सहरस्थित एक फ्याक्ट्रीमा भएको गोलाबारी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा ३० जना घाइते भएका छन्। गोली प्रहारबाट ७ जनाको मृत्यु भएको शंका गरिएको छ तर यो संख्या पुष्टि हुन बाँकी छ।

अाक्रमणकारीले ३ जनालाई गोली हानी हत्या गरेको हो। हमलाकारी एक्सेल उद्योगका कर्मचारी रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रतिकारमा ती व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्। आक्रमण किन गरिएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन।

स्थानीय मिडियाले हमला गर्ने व्यक्तिलाई क्याड्रिक फोर्डको रुपमा पहिचान दिएका छन्। उनी सो उद्योगमा पेन्टरको काम गर्थे। हमला गर्नुपूर्व फेसबुकमा राइफल बोकेको फोटो पोस्ट गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले सबैभन्दा पहिला पार्किङ क्षेत्रमा एक महिलामाथि गोली चलाएको थियो। अन्धाधुन्ध प्रहार गरिएको गोली लागेर महिला त्यहीँ ढलेकी थिइन्।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget