कोइरालाको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिंदै, सेनाले १३ तोपको सलामी दिने

काठमाडौं, माघ २७ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ आज(बुधबार) अन्त्येष्टि गरिँदै छ ।
कोइरालाको आज अपरान्ह पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने भएको हो । कोइरालाको सम्मानमा नेपाली सेनाले १३ तोपको सलामी दिने तयारी भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कोइरालाको पार्थिव शरीर मंगलबार साँझदेखि आइस जडित शव बाकसमा सुरक्षित रुपमा राखिएको छ ।
महाराजगन्जस्थित निवासमा मंगलबार निधन भएका कोइरालाको पार्थीव शरीर पार्टी कार्यालय हुँदै मंगलबार दिउँसोदेखि श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ ।
उनको पार्थिव शरीर आज अपराह्न पशुपति आर्यघाट लगिने छ । रंगशालाबाट दिउँसो दुई बजे सुरु हुने शवयात्रा त्रिपुरेश्वर, कमलपोखरी, मैतीदेवी, गौशाला हुँदै पशुपति आर्यघाट पुग्ने छ ।
नेपाली सेना तथा नेपाल प्रहरीको सलामी तथा ब्यान्डबाजासहितको सुरक्षा टोली मार्चपासका साथ शवयात्रामा खटिने भएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको छ ।
सर्वसाधारण तथा विभिन्न दलका नेता तथा कार्यकर्ता अहिले पनि रंगशालामा पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
यसैबीच सभापति कोइरालाको अन्त्येष्टि हिन्दू परम्पराअनुसार दाउराको शोलामै हुने भएको छ । परिवारको इच्छाअनुसार हिन्दू परम्परामा दाहसंस्कार गरिने बताइएको छ । यसअघि पार्टीले विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget