नेपालमा कसरी लागु हूँदै छ भारतीय मास्टर प्लान ?

२७ माघ,काठमाडौं ।

बाहिर हेर्दा भारत लचिलो भएको र आगामी दिनमा दुई देशको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिए पनि भित्रभित्रै अर्को तानाबाना बुनिएको खुल्न आएको छ ।

मधेसकेन्द्रित दलले भारतीय लाइन बुझेपछि र तराईमा जनसमर्थन कम हुँदै गएपछि सीमा नाकामा धर्ना कार्यक्रम फिर्ता लिने घोषणा गरे पनि भारत फेरि अर्को गम्भीर खेलमा लागेको सुरक्षा निकायको रिपोर्ट छ ।

मधेसकेन्द्रित राजनीति गर्ने दलका नेता बीचमै ठूलो अन्तरविरोध रहेको र त्यसलाई सहयोग गरेर मात्र तराईलाई अलग बनाउन नसकिने बुझाइअन्तर्गत पहिचान र परिचयको नाममा अन्तर्राष्ट्रिय गेम प्लान सुरु गर्ने सम्भावना रहेको विश्लेषण पनि छ ।



उसले पहिलो कोर्स अन्तर्गत तराईमा एकपछि अर्को गर्दै विभिन्न मुद्दा उठाएर कश्मिर मुद्दाजस्तो कहिल्यै समाधान हुन नदिने र दोस्रो कोर्सअन्तर्गत हत्या र हतियारको राजनीति गर्ने समूहलाई उचाल्ने, सीमावारिबाटै नेपालमा आतंक फैलाउन सक्ने विश्लेषण गरिएको छ ।उसले त्यसका लागि बिहार र उत्तर प्रदेशको भूमि प्रयोग गर्ने र त्यहींकै समूहलाई परिचालित गर्न सक्ने विश्लेषण पनि छ ।

पछिल्लो सयम नाकाबन्दी खुलेसँगै तराईमा घटिरहेका हत्या हिंसाका श्रृंखालले पनि त्यही संकेत गरेको सेनाको बुझाई छ । तर, नेपालको तराई क्षेत्रलाई अलग पार्ने तत्कालीन योजना नभए पनि त्यसलाई भारतको दीर्घकालीन योजनाका रुपमा सेनाले व्याख्या गरेको छ ।

‘मधेसी दलले गरेको आन्दोलन फिर्ता भए पनि तराईमा सिके राउतलगायत अन्य समूहले फेरि विभिन्न निहुँमा आन्दोलन सुरु गर्नेछन्, त्यसलाई पारिबाट सबै खालको सहयोग हुनेछ,’ मधेसबारे अध्ययन गरिरहेको सैनिक स्रोतले भन्यो ।

मधेस अलगत गर्नुपर्ने मागसहित पृथकतावादी आन्दोलन सुरु गरेका सिके राउतलाई भारत र पश्चिमा विश्वले सहयोग गरिरहेको र दुईतिरको चासो पनि त्यही पहिचानको मुद्दामा आएर मिलेको विश्लेषण पनि सेनाको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget