झण्डै ५०० प्रकारका विमानको परीक्षण उडान गर्ने पाइलटको निधन

लन्डन, फागुन १० । भनिन्छ, चिकित्सकका लागि एउटा गल्ती नै उसका लागि नयाँ शिक्षा हो तर पाइलटका लागि एउटा गल्ती नै उसका लागि अन्तिम गल्ती हो । अर्थात् पाइलटको एउटा सानो गल्तीले उसका साथै विमानमा सवार यात्रुहरुको जीवन समाप्त हुन सक्छ ।
कल्पना गरौं, यति जोखिमपूर्ण पेशामै ‘परीक्षण उडान’ झन् कति जोखिमपूर्ण हुन्छ होला ? विश्व विमान बजारमा अनेक प्रकारका विमानहरु आइरहेका हुन्छन् । तर ती विमानको परीक्षणका लागि उडान भर्न आवश्यक हुन्छ नै । जोखिमपूर्ण पेशाको झन् जोखिमपूर्ण काम हो परीक्षण उडान । यस्तै जोखिमपूर्ण काम गर्दै आएका एक कीर्तिमानी पाइलटको ९७ वर्षको उमेरमा निधन भएको छ ।
यस्तै जोखिमपूर्ण तथा साहसी कामको पर्यायवाची बनेका बेलायती पाइलट एरिक ‘विङ्कल’ ब्रोनको आइतबार निधन भएको हो । उनले झण्डै पाँच सय प्रकारका विमानको परीक्षण उडान गरेका थिए । उनको नाममा उडान सम्बन्धी तीन विश्व रेकर्ड कायम छ । उनी ११ पटक विमान दुर्घटनामा बच्न सफल भएका थिए ।
बेलायती वायुसेनामा रहेका एरिकले ४८७ प्रकारका विमानको परीक्षण उडान गरेका थिए ।
उनले आफ्नो अनुभवबारे केही पुस्तकसमेत लेखेका थिए । (एजेन्सी)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget