आन्दोलन उचाल्न अमरेशलाई अर्यालले एक करोड दिएकै हुन त ?

काठमाण्डु, १० फागुन– ‘दक्षिणका दलाल’को संज्ञा पाएका नेपाली कांग्रेसका युवा नेता अमरेशकुमार सिंहले यसपटकको लामो मधेस आन्दोलनताक एक करोड रुपैयाँ नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट थापेको कुराले बजारमा सनसनी मच्चिएको छ ।
नेपाल प्रहरी उच्च स्रोतकाअनुसार मधेस आन्दोलनका लागि पैसा त पारिबाटै आइरहेको थियो । तर काठमाडौंमा अमरेशकुमार सिंहले पनि आफ्नो दुनो सोझ्याउँने, मालदार अड्डा, व्यापारी, उद्योगीसँग आन्दोलनका नाममा पैसा उठाउँने काम गरिरहेका थिए । यत्तिकैमा पावरफुल आयोग हाँकिरहेका अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की भएको ठाउँमा पनि सिंह पुगे । लोकमानको पावर जति नै भए पनि उनले ठाउँको ठाउँ पैसा झिक्ने अवस्थामा छैनन् ।
यस्तोमा लोकमानले नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई फोन गरिदिए । फोनमा लोकमानले राजषी ठाँटमा ‘अमरेश आउँदैछ, त्यसलाई एक करोड रुपैयाँको बन्दोबस्त गरिदिनू ।’ लोकमानले फोन राख्न नपाउँदै अर्याल एकपल्ट झस्किए । उनले के काममका लागि एक करोड अमरेशलाई दिनु परेको हो बुझ्न सकेनन् । कारण खोतल्न थालेपछि अर्यालले पनि मधेसमा आगो बालेर नेपाली–नेपालीबीच मार्न लगाउँने, आफ्नै जवानको टाउको फुटाउँने अमरेशलाई पुलिसका सर्वोच्च कमान्डरले पैसा दिनु पर्ने नियतिबाट दुःखी पनि भए । तर यो मुलुक यसैगरी चलेको रहेछ , मैले मात्रै गर्न खोजेर हुँदैन भन्दै पैसाको जोहो गर्न लागे ।
अमृतबजार साप्ताहिकबाट
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget