सागमा नेपालले थप दुई पदक जित्यो

काठमाडौं, माघ २७ । १२ औं दक्षिण एसियाली खेलकुद सागको छैठौ दिन आज(बुधबार) नेपालले थप दुई रजत पदक जितेको छ ।
नेपालका लागि आज उसुका हरिप्रसाद गोले र सविता राईले रजत पदक जितेका हुन् । थाउलोतर्फको ताइजिक्वान र ताइचियानको महिलातर्फको संयुक्त स्पर्धामा राईले तथा पुरुषतर्फको यो स्पर्धामा गोलेले रजत जितेका हुन् ।
सविता र हरिप्रसादले जितेको पदकसहित नेपालले जारी सागको उसुमा १ स्वर्ण र ६ रजत पदक गरेर कूल ७ पदक जितेको छ । जारी सागमा अहिलेसम्म नेपालले जितेको पदकको संख्या २४ पुगेको छ । नेपालले १ स्वर्ण, ७ रजत र १६ कास्य जितेको हो ।
१२ औं सागको छैठौं दिन आज उसुमै थप ४ स्वर्णपदकको लागि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सान्सौंमा महिलातर्फ तीन र पुरुषमा एक खेलाडीले फाइनल खेल्दैछन् ।
उनीहरुले ११ औं सागकी कांस्यपदक विजेता झरना गुरुङ ५२ केजी, जुनी राईले ६० केजी र विन्दू पुनमगरले ७० केजी स्पर्धामा खेल्दैछन् । तीनैले आयोजक भारतीय खेलाडीको सामना गर्नेछन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget