श्रीलंकाले भारतलाई ५ विकेटले हरायो

अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका कसुन राजिथा भारतको तीन विकेट लिएपछि। तस्बिर:क्रिकइन्फो
पहिलो ट्वान्टी-२० क्रिकेटमा श्रीलंकाले भारतलाई ५ विकेटले हराएको छ। भारतले दिएको १०२ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै श्रीलंकाले तीन खेलको श्रृंखलामा १-०को अग्रता लिएको हो।
मंगलबार भारतको पुणेमा टस हारेर ब्याटिङ थालेको भारतले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १०१ रन बनायो। रोहित शर्मा  खाता नै नखोलि आउट भए भने अजिन्क्या रहान्ने ४, शिखर धवन ९, महेन्द्र सिंह धोनी र हार्दिक पाण्डे २-२ रनमा आउट भए ।
आशिष नेहरा र रविन्द्र जडेजाले ६-६ रन बनाए  भने जस्प्रित बुमराह ० रनमा पबेलियन फर्किए।
सुरेश रैनाले २० र युवराज सिंहले १० रनको योगदान गरे । रविचन्द्रन आश्विनले अविजित ३१ रन बनाएपछिमात्रै भारतले १०० रन पुरा गर्न सक्यो।
भारतलाई सस्तैमा सिमित गर्ने क्रममा कसुन राजिथाले ३ विकेट लिँदै आफ्नो डेब्युलाई सम्झनलायक बनाए । दासुन सनकाले पनि ३ विकेट हात पारे । दुश्मन्त चमिराले २ र सचित्र सेनानायकेले १ विकेट हात पारे ।
१०२ रनको लक्ष्य १८ ओभरमा पुरा गर्ने क्रममा दिनेश चण्डिमलले ३१, चमेरा कपुगेदेराले २५, मिलिन्दा श्रीवर्द्धनाले २१ रनको योगदान गर्दै पहिलो जित दिलाए । तर, अन्य ब्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।
दोस्रो ट्वान्टी-२० शुक्रबार राँचीमा हुने छ।
setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget