श्रद्धाञ्जली दिन चिनियाँ राजदूत सबैभन्दा पहिले सानेपामा

श्रद्धाञ्जली दिन चिनियाँ राजदूत सबैभन्दा पहिले सानेपामा
काठमाडौं— गए राति निधन भएका सुशील कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न चिनियाँ राजदूत ऊ चुन्ताई सबैभन्दा पहिला कांग्रेस केन्द्रीय कार्यालय पुगेका छन्। १० बजेभन्दा पहिले नै उनी सानेपा स्थित केन्द्रिय कार्यालय आइपुगेका हुन्।

कोइरालालाई श्रद्धाञ्जली दिन अाएकामध्ये उनी एक्ला राजदूत हुन्। १०ः३० सम्म सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा कुनै राजदूत पुगेका छैनन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी सहायक विदेशमन्त्रीले यसअघि नै कोइरालाको निधनमा श्रद्धाञ्जली व्यक्त गरिसकेका छन्। दुवैले ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका थिए। सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिनेमा भारत र अमेरिका पहिलो भए पनि भौतिक रुपमा उपस्थित हुनेमा चीनले दुवै मुलुकलाई उछिनेको हो।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget