सिड्नीमा नेपाली पहिचान: फापरको ढिंडो अनि मुस्ताङको दाल


फापरको ढिंडो होस् अनि टिमुरको अचार। मुस्ताङको कालो दाल होस् वा त्यसलाई झान्ने जिम्मु। कागतीको चुक अनि काँक्रोको अचार तथा कोदोको पिठो अनि पाल्पाली तामा।
नेपाली जनजिब्रोमा यी मिठास् छर्ने अनि मुखै रसाउने स्वादिला ब्यन्जनहरु यतिखेर सिड्नीको बजारमा पनि यत्रतत्र भेटिन्छन् भन्दा अच्चम लाग्ला। नेपाली समाज बाक्लिँदै गर्दा अस्ट्रेलियामा पनि नेपाली स्वादका पारखीहरुको लागि टिपीकल खानाको महत्व बढ्दै गएको छ। यतिखेर काठमाडौंमा सहजै नपाइने खाद्यान्न सिड्नीमा  सहजै उपलब्ध हुन थालेका छन्।
मुस्ताङको कालो दाल, धरानको डल्ले खुर्सानी, टिमुरको छोप, पाल्पाको तामा, मस्याङ र गहत अनि गुन्द्रुक यतिखेर सिड्नीको बजारमा लोकप्रिय र नेपालीको पहिचान जोडिएको स्वादहरु हुन्। नेपाली बजारमै खोज्नु पर्ने अनि रोज्नु पर्ने यी खाद्यान्न  सिड्नीका नेपाली तथा भारतिय स्टोरहरुमा छयापछ्याप्ती पाइन्छन्।
यी सबै कुराहरुको चाँजो पाँजो मिलाउने काम गरेको छ नेपाली आयात निर्यात कम्पनी फोर कर्नरले। बिजनेशमा मास्टर्स सकेर अमेरिकन बैंकमा सुहाउँदो जागिर पाएका श्याम खत्री यसका सुत्रधार हुन्। बैंकमा जागिर खाँदै गर्दा गुल्मीका श्याम खत्रीले धेरै खाले मुलुकको पहिचानसहितका उत्पादन बजारमा देखपछि खुल्दुली मेट्न नेपाली स्वाद र उत्पादन खोज्ने कोशिश गरे। बहुल सांस्कृतिक समाज भएको अस्ट्रेलियामा नेपाली समाजको प्रभुत्व बढ्दै गएको अवस्थामा आफ्नो स्वादका खाना नपाइने रोगले श्यामलाई पनि सताएको थियो। सानैमा रारा चाउचाउका फ्यान श्यामले त्यसपछि नेपाली उत्पादनको आयात गर्ने निर्णय लिए र जन्म्यो फोर कर्नर।
उनको आयात निर्यात कम्पनी फोर कर्नरले यतिखेर नेपाली र नेपाली स्वाद मात्र हैन दर्शैको टिकादेखि तिहारको मालासम्म अस्ट्रेलिया ल्याउने गर्छ। हुन त हामीलाई खाना र अरु चिजले बिर्से पनि दशैका सप्तरंगी टिका र तिहारको सयपत्रीको माला र विवाह ब्रतबन्धका कारण पनि सम्झने गर्छन् नेपाली समाजले, श्याम ब्यापारको सामाजिक पाटोलाई यसरी ब्याख्या गर्छन्।
वाइवाइ चाउचाउ र चिउरा अनि नेपाली बियर श्यामका सबैभन्दा लोकप्रिय र सर्वाधिक डिमान्डका आयातित खाद्यान्न हुन तर टिमुर, मरिच, चुक र तामा पनि उनको बजारका आवश्यकता हुन्। गुल्मीवाट अस्ट्रेलिया आउने पहिलो विद्यार्थी बनेका श्याम खत्री सन् १९९६ फेब्रुअरीमा सिड्नी आइपुगेका हुन्। नेपालमा गुल्मी, रुपन्देहीको मणिग्राम हुँदै स्कुलको पढाइ सकेर सिड्नी आइपुगेका श्यामले युनिभर्सिटी अफ वेस्टर्न सिड्नीवाट ब्याचलर र मास्टर्स गरेका छन्।
संघर्षका दिन सम्झदै काम नगरेको काम छैन, नबसेको ठाउँ छैन भन्न नहिच्याउने  श्याम खत्री मेहेनत र लगाभनै सफलताको कडि भएको भन्न रुचाउँछन्। मानिसले  उनलाई ब्यापारी भनेपनि उनमा एउटा सन्तुष्टि छ, कमसेकम नेपालको सामान अस्ट्रेलिया ल्याएर बेचेको छु,अनि नेपाली समाजलाई आफ्नो स्वादमा रमाउने वातावरण बनाएको छु, श्याम भन्छन्।
प्रारम्भमा एउटा बरिष्ठहरुको जमघटमा परिचय दिँदै गर्दा श्यामले गुन्द्रुक र दाल बेच्छु भन्दा हाँसोको विषय बनेको घटनाले श्यामलाई थप उर्जा दिएको सुनाउँछन्। 'मैले गुन्द्रुक र तामा बेच्छु भन्दा धेरै मानिस हाँस्थें सिड्नीमा, अहिले धन्यबाद दिन्छन्।' अस्ट्रेलियाको स्थापित बैंकको एनालिस्ट भएर बसेका श्यामको पछिल्लो ब्यवसायप्रति एउटै फरक तर्क छ, नेपालीपनसँग साइनो जोडिएका सामान सिड्नीमा पाउनु हाम्रो लागि गर्वको बिषय पनि हो। setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget