मेक्सिकोको जेलमा कैदीका दुई समूहबिच चालिस मिनेटसम्म भएको झडपमा ५२ कैदी मरिए


मेक्सिकोको एक जेलमा कैदीबन्दीको दुई समूहबिच झडप हुँदा ५२ जनाको ज्यान गएको छ । मेक्सिकोको उत्तरी न्वेवो लियोन राज्यको मोन्टेरीमा रहेको जेलमा कैदी बन्दीका दुई परस्पर विरोधी समूहबिच झडप भएको हो । झडपमा अन्य १२ जना कैदी घाइते भएका छन् । कैदीबन्दीले झडपमा धारिलो हतियार तथा लठ्ठी प्रयोग गरेको सरकारी अधिकारीले बताएका छन् । जेलको स्टोर रुममा आगलागी पनि भएको छ ।





झडपछि अहिले अवस्था नियन्त्रणमा रहेको तर कैदीबन्दी भने भागेको न्वेवो लियोन राज्यका गभर्नर जेमी रोड्रिग्वेजले बताए । कैदीबन्दीका आफन्तले घटनाको वास्तविक सूचनाको माग गर्दै जेल बाहिरको सडक अवरुद्ध पारेका छन् । उनीहरुले जेलको मुल ढोका खोल्न माग गरेका छन् । केहीले प्रहरीमाथि लाठ्ठी तथा ढुंगा प्रहार गरेका छन् । मध्यरातमा दुई समूहबिच भएको झडप झण्डै ४० मिनेटसम्म चलेको थियो ।news24nepa

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget