सुशीलको अन्त्येष्टि नहुँदै बालुवाटारले माग्यो गाडी

पुर्वप्रधानमन्त्रीको रुपमा सुशील कोइरालालाई सरकारले दिएको सुविधाको प्राडो गाडी प्रधानमन्त्री निवासबाट फिर्ता मागिएको छ । कोइरालाको पार्थिक शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित निजि सचिवालयले गाडी फिर्ता मागेको हो । कोइराला चढ्ने बा ६ च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजि सचिवालयले ताकेता गरेको  छ ।



सचिवालयमा कार्यरत नाय्ब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगञ्जस्थित डा. शशांक कोइरालाको घरको ल्यान्डलाइन नम्बरमा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए । तर, फोन उठाउने सुरक्षाकर्मीले आफन्त सवै कोइरालाको अन्येष्टिमा गएकाले तत्काल फिर्ता गर्न गाह्रो भएको जवाफ दिएका थिए । बालुबाटारबाट बिहीबासर बिहान पनि सोही टेलिफोनमा दुईपटक फोन गरी गाडी फिर्ता गर्न ताकेता गरेपछि कोइराला चढ्ने गाडी प्रधानमन्त्री कार्यलय पुर्‍याइएको थियो । सुशीलका आफन्त मृदुला कोइरालाले गाडी फिर्ता पठाइएको बताइन् ।उता प्रधानमन्त्रीको निजी सचिवालयले भने गाडी फिर्ता नमागेको दावी गरेको छ ।- नयाँ पत्रिका
.news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget