चाउरी परेपछि अनुहार काम नलाग्ने भन्दै अभिनय सिक्न निर्देशक डिसीद्वारा अनमोललाई आग्रह

डिसीनेपाल डटकम – यही फागुन २१ देखि प्रदर्शनमा आउने चलचित्र ’फूलै फूलको मौसम तिमीलाई’ र ’ड्रिम्स’ बीच अस्वस्थ प्रतिस्पर्धा भएको देखिन्छ ।


एउटै मितिमा फिल्महरु जुधाएर प्रदर्शनमा ल्याउने होड त नेपाली सिनेमामा थियो नै तर खुलम खुला अस्वस्थ प्रतिस्पर्धामा उत्रिनु भनेको सम्पूर्ण सिनेमा क्षेत्रमै असर पर्नु हो ।

३ वटा चलचित्र खेलेर चकलेटी नायकको स्थान बनाईसकेका नायक अनमोल केसीलाई निर्देशक दिनेश डिसीले खुलेरै आलोचना गरेका छन् । आफूद्वारा निर्माण तथा निर्देशित चलचित्र फूलै फूलको मौसम तिमीलाईको प्रचारको क्रममा निर्देशक डिसीले अनमोलको अनुहारको आफू फ्यान भएपनि चाउरी परेपछि अनुहार काम नलाग्ने भन्दै अभिनय सिक्न आग्रह गरे । तर अनमोलले भने केही समय अघि आफूले यो भन्दा बढि अभिनय गर्न आवश्यक नरहेको दाबी गरेका थिए ।

भुवन केसी राम्रो नायक तथा निर्माता भएपनि उनको ह्याण्डसम छोराको अभिनय भने कमजोर भएको भन्दै बुबाको जति नै करिअर अगाडि बढाउनको लागि अनमोलको क्युट अनुहारले मात्रै साथ नदिने बताए ।

भुवन केसीले नै निर्माण तथा निर्देशन गरेको ड्रिम्स र दिनेश डिसीद्वारा निर्देशित फूलै फूलको मौसमले कतिको चर्चा र सफलता पाउने हो त्यो हेर्न बाँकी नै छ । तर हौसला बढाउनुको बदला खुलेर आलोचनामा लाग्नुले सिनेमा जगतमा नै नराम्रो असर पर्ने भने पक्का रहेको छ ।
dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget