छोरीका लागि नेपालले जितेको छ : सभामुख

काठमाडौं, फागुन ११ । सभामुख ओनसरी घर्तीमगरले धेरै वर्षको मिहेनतपछि मुलुकले नयाँ संविधानमार्फत् महिलाका सवाललाई सम्बोधन गर्न सफल भएको बताएकी छन् ।

मंगलबार डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सवका अवसरमा सभामुख घर्तीमगरले संविधानको कार्यान्वयनपछि उत्पीडित महिलाहरुलाई कसैले थिचोमिचो गर्न नसक्ने दाबी गरे ।

उनले ‘अब चुलो–चौकामामात्र सीमित नभएर राष्ट्र निर्माणको यात्रामा लाग्न महिला पनि पुरुषभन्दा कम नभएको उल्लेख गरिन् ।

महिला अधिकारका लागि संविधानले मार्ग प्रशस्त गरेको र यसले कोरेको गोरेटो समातेर अघि बढ्न सबैसँग उनले आग्रह गरिन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget