फेसबुकबाट युवतीसँग ३ लाख ठग्ने जेल चलान


काठमाडौं । फेसबुकका माध्यमबाट जिल्लाकी एक युवतीबाट ३ लाख रुपैयाभन्दा बढी ठगेको आरोपमा पक्राउ परेका निश्चल शर्मा भनिने भवीन्द्र सुवेदी जेल चलान भएका छन् ।




सुवेदीलाई अदालतले ३ लाख ४७ हजार धरौटीमा छाड्न आदेश दिए पनि उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी कृष्णप्रसाद कोइरालाले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।

न्यायधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले ठगी मुद्दाका आरोपी सुवेदीलाई उक्त रकम अथवा त्यसबराबरको जेथो धरौटीका रुपमा माग गरेकोे थियो ।  निश्चल शर्मा नामको फर्जी फेसब्क एकाउन्ट बनाई युवतीबाट पटक पटक पैसा लिएर ठगेको आरोप सु्वेदीमाथि थियो । झापाका बासिन्दा सुवेदी पुस अन्तिम साता पक्राउ परेका थिए ।news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget