नासाकेा वैज्ञानिकहरु सनसनीपूर्ण घेाषणा ' २०१६ को मार्चमा १०० फिट लामो उल्का पृथ्बीतिर आउदै'

मार्च महिनामा एउटा बास्केट बल कोर्ट जत्रै लामो उल्का पृथ्वीको नजिकैबाट पार हुने नासाले बताएको छ।
पृथ्वीबाट कति नजिकबाट पार हुन्छ भनि वैज्ञानिकहरुले निश्चित गरिसकेका छैनन। वैज्ञानिकहरूका अनुसार, अनुमानित १०० फिट (३० मिटर) लामो ‘टिएक्स६८’ नाम दिइएको उल्का मार्च ५ मा पृथ्वीको नजिकैबाट पार हुनेछ । यो उल्का पृथ्वीको सतहबाट सबैभन्दा नजिक १७,७०० किलोमिटरसम्म आउनेछ भने सबैभन्दा टाढा १४.५ मिलियन किलोमिटरसम्म जानेछ । “यो उल्काले अन्तरीक्षमा यात्रा गर्ने सम्भावित पथ थुप्रै भएकोले नै पृथ्वीबाट सबैभन्दा नजिकको सम्भावित दूरी पत्ता लगाउन गाह्रो भएको हो ।”, नासाका वैज्ञानिकले एक बयानमा उल्लेख गरेका छन्। यो भन्दा पहिला दुई वर्ष अगाडि मात्रै, यो ‘टिएक्स६८’ उल्का पृथ्वीबाट २ मिलियन किलोमिटरको दूरीबाट पार भएको थियो । सन् २०१३ फेब्रुअरीमा रुसी शहर ‘चेल्याबिन्स्क’को आकाशमा आएर पड्किएको उल्काले त्यहाँका अग्ला भवनमा क्षति पुर्याउनुका साथै १००० भन्दा बढि सर्वसाधारणलाई घाइते बनाएको थियो । वैज्ञानिकहरूको अनुमान अनुसार सो उल्का ६५ फिट मात्र लम्बाइको थियो। यदि ‘टिएक्स६८’ अथवा यसकै आकारको अर्को कुनै उल्का पृथ्वीमा आएर ठोक्किने हो भने चेल्याबिन्स्कको भन्दा दोब्बर क्षति हुने नासाका वैज्ञानिक बताउँछन् । सन् २०१३ अक्टोबरमा पहिलो पटक देखिएको यो उल्का भने पृथ्वीमा ठोक्किने कुनै खतरा छैन। तथापी, पृथ्वीबाट पार भएर फेरि फर्किने क्रममा सन् २०१७ सेप्टेम्बर २८ मा ठोक्किने सम्भावना रहेपनि निकै कम रहेको वैज्ञानिकहरुले बताएका छन् । -नेपली हेडलाइनबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget