नाइजेरियामा गराइएको आत्मघाती बम विस्फोटमा ६० जनाको मृत्यु कैयैा घाइते हुनसक्ने आशंका

नाइजेरियामा द्वन्द्वका कारण विस्थापित भएका नागरिक बस्दै आएको शिविरमा आत्मघाती बम विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपूर्वी शहर दिकवामा रहेको शिविरमा दुई जना महिला आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा ६० जना भन्दा धेरैको ज्यान गएको सेना तथा सरकारी अधिकारीले बताएका छन् ।
बिद्रोही संगठन बोको हरामको हिंसाका कारण आन्तरिक रुपमा विस्थापित भएका मानिस बस्दै आएको शिविरमा आत्मघाती आक्रमणकारी प्रवेश गरेर शिविरको बिच भागमा आफैलाई विस्फोट गराएको सरकारी अधिकारीले जनाएका हुन् । बोको हरामको हिंसात्मक गतिविधिको केन्द्र रहँदै आएको बोर्नो राज्यको राजधानी मैदुगुरीबाट ८५ किलोमिटर टाढा रहेको शिविरमा विस्फोट भएको हो । घटना मंगलबार नै भएको भएपनि टेलिफोन सेवा अवरुद्ध भएका कारण ढिलो गरी सार्वजनिक भएको हो ।
आक्रणमा बोको हरामको संलग्नता हुनसक्ने आशंका गरिए पनि स्पष्ट भने भएको छैन । बोको हरामले पछिल्लो समय यस किसिमका आक्रमण तीब्र बनाएको छ । गएको जनवरी ३१ मा मैदुगुरीको बाहिरी क्षेत्रमा भएको आक्रमणमा कम्तिमा ६५ जनाको ज्यान गएको थियो ।


News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget