डा. भगवान कोइरालालाई असल शासन पुरस्कार

काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा भगवान कोइरालालाई असल शासन फाउन्डेसनद्वारा असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरिएको छ ।

फाउन्डेसनले आज आयोजना गरेको कार्यक्रममा चिकित्सा संस्थामा असल शासन तथा आर्थिक पारदर्शिता कायम गरी उदाहरणीय काम गरेको भन्दै फाउन्डेसनले रु ११ हजार १११ नगदसहित सम्मान गरेको हो ।


डा कोइरालालाई सम्मान गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नकारात्मक विचार त्यागेर सकारात्मक पक्षलाई अवलम्बन गरेमात्र व्यक्ति सफल हुने बताए । उनले भने– “सबैको भलाइ र सम्मान हुने काम गरेमात्र असल शासन निर्माण हुनेछ ।”

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राष्ट्रप्रेम र सेवाभाव जगाउनु अहिलेको आवश्यकता रहेको बताए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले डा कोइरालाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको र उनिबाट धेरैले ‘हामी मेहनत गरे सफल हुनसक्छौ’ भन्ने पाठ सिक्न अनुरोध गरे ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष केदार खड्काले ‘नागरिक समाज दिगोपना सूचक २०१४’ को प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा नागरिक समाजको दिगोपनामा क्रमशः सुधार हुँदै गएको उल्लेख गरे ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget