हायात होटलमा सन्नी लियोनलाई नचाउने को हुन दीपेन्द्र ?


लगभग २ वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा एक नेपाली युवकले भारतीय नायिका सन्नी लियोनलाई हायात होटलमा नचाए। त्यति खेर उनीसँग नाँच्ने युवक नेपाली नभई सन्नीले मुम्बइबाट नै ल्याएको भन्ने सोचाई धेरै नेपालीले गरेका थिए। ३ वटा गीत मिक्स बनाएर ५ मिनेटको बनाइएको थियो।
त्यसताका सन्नीलाई होटलमा ५ मिनेटसम्म नचाएका युवक नेपालकै दीपेन्द्रशाही ठकुरी हुन्। सन्नी नेपाल आउँदा उनलाई कोरियोग्राफर ठकुरीले नै गरेका थिए। एक दिनभर दीपेन्द्रले सन्नी र उनको टिमलाई नृत्यसमेत सिकाएको थियो। यु ट्युवमा दीपेन्द्रको नृत्य हेरेर सन्नीले उनलाई नै कोरियोग्राफर बनाउन मुम्बइबाट आयोजकलाई भनेकी थिईन्।
को हुन दीपेन्द्र ?
२०३९ सालमा जन्मिएका दीपेन्द्र नृत्यु प्रशिक्षक हुन्। हेटौंडाघर भएका उनको ललितपुरको पुल्चोकमा वाइ स्ट्यान्ड डान्स स्कुल छ। उनी म्युजिक भिडियोमा समेत कोरियोग्राफर गर्छन्। सन्नीलाइ नचाउनुअघि उनले प्रियंका कार्की, इन्दिरा जोशी,केकी अधिकारी लगायतकालाई नचाइसकेका छन्। दीपेन्द्रले अधिकांश समय डान्स स्कुलमा नै बिताउँछन्। वर्षमा २५ सयदेखि ३ हजार जनालाई डान्स सिकाउँछन्। भारतको कलकत्ता, सिंगापुर, बैंकक लगायतका देशमा डान्स सिकेर उनले सन् २००९ देखि पूल्चोकमा आफैँले डान्स स्कुल खोलेका हुन्। उनले स्कुलमा १२ जना प्रशिक्षकसमेत राखेका छन्। हि पप, साल्सा, कन्टेम्पोअरी डान्स, कलिउड, बलिउड, जुम्बा, बि बोइङ डान्सका उनी प्रशिक्षक हुन्।

setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget