विमल घर्तीले बंगलादेशविरुद्ध नखेल्ने

काठमाडौं: भारतको गुहावाटीमा जारी १२ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत बिहीबार बंगलादेशविरुद्ध हुने समूह चरणको अन्तिम खेलमा नेपाली स्ट्राईकर विमल घर्तीमगर नदेखिने भएका छन्।

गुहावाटीको साई स्टेडियममा हुने भिडन्तमा नेपाली स्ट्राईकर बिमल घाइते भएका कारण मैदानम नउत्रने भएका हुन्।


उनले फेसबुकमार्फत आफूले चोटका कारण बंगलादेशविरुद्ध खेल्न नसक्ने जनाउँदै नेपाली टिमका लागि जितको शुभकामना दिएका छन्।

'माफ गर्नुहोला नेपाली फुटबल समर्थकहरु चोटका कारण आजको बंगलादेशविरुद्धको खेलमा म सहभागी हुन सकिनँ', उनले फेसबुकमा भनेका छन्।

उनले आफू चाँडै नै चोटमुक्त भएर मैदानमा उत्रने जनाउँदै नेपाली फुटबल टोलीलाई समर्थन गरिरहन पनि फुटबल समर्थकलाई अपिल गरेका छन्।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget