नेपाल र माल्दिभ्स भिड्ने

गुवाहाटी (भारत)

माघ २९, २०७२- नेपाल यू–२३ ले १२ औं सागमा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २–१ को हार बेहोरेको छ । पहिलो खेलमा भुटानमाथि ५–० को जित निकालेको नेपाल दोस्रो खेलमा पराजित भएपछि समूह ‘बी’ को उपविजेता भयो । यसमा बंगलादेश शीर्षस्थानमा रह्यो । त्यसैले नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको छ । अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्नेछन् । दुवै सेमिफाइनल शनिबार इन्दिरा गान्धी स्टेडियममा हुनेछन् ।

प्रशिक्षक राजुकाजी शाक्यले पहिलो रोजाइका गोलकिपर विकेश कुथु, फरवार्ड विमल घर्तीमगर र अञ्जन विष्टलाई चोटले सताएपछि बंगलादेशविरुद्ध आराम दिएका थिए । जगजित श्रेष्ठको फ्रिकिकमा अनन्त तामाङले हेडर गोल गर्दै नेपाललाई दोस्रो मिनेटमै अग्रता दिलाएका थिए ।

नेपालले एसएआई मैदानमा राम्रो सुरुआतलाई कायम राख्न सकेन । बंगलादेशले पहिलो हाफको अन्त्यमा ५ मिनेटभित्र दुई गोल गर्‍यो । रिहाम हसनले ४० र नबिब नेवाह जीवनले ४५ औं मिनेटमा गोल गरे । ‘विकेश, विमल र अञ्जनलाई चोट लागेको थियो ।

हामी सेमिफाइनलमा छनोट भइसकेका पनि थियौं । त्यसैले उनीहरूलाई आराम गर्न दिइएको हो । उनीहरू सेमिफाइनलमा खेल्नेछन्,‘नेपालका कप्तान विराज महर्जनले भने । बंगलादेशले राम्रो खेलेको उल्लेख गर्दै उनले भने, ‘हामीले मिडफिल्डमा राम्रो गर्न सकेनौं । डिफेन्समा पनि कमजोरी देखियो ।’
kantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget