प्रेमिकालाई रातो गुलाब दिँदै हुनुहुन्छ? येा कूरा विचार गर्नूहेास्


काठमाडौं- अमेरिकामा गरिएको एउटा अनुसन्धानअनुसार प्रेम अभिव्यक्त गर्न दिइएको रातो गुलाबभन्दा अरु नै सिर्जनात्मक प्रेमप्रस्ताव वा प्रेम प्रदर्शन युवतीहरुले रुचाउने गरेको देखिएको छ। उनीहरूले रातो गुलाब उपहार दिने प्रेमीलाई 'अल्छ्याहा' मान्ने गरेको अध्ययनले देखाएको हो।
वासिङ्टनपोस्ट पत्रिकाका एड्रियन हिगिन्सका अनुसार महिलाहरुले प्रेम अभिव्यक्तिका लागि रातो गुलाब नै नचाहिने बताएका हुन्। सधैं रातो गुलाब उपहारमा लिनुभन्दा त्योबाहेक अरु नै पाए गज्जब हुने प्रतिक्रिया दिएको अनुसन्धान संस्था फ्लावर्सएन्डले जनाएको हो।

पुष्प डिजाइनमा पोख्त हितोमी गिलियन पनि रातो गुलाबमै मात्र प्रेमअभिव्यक्ति अड्किनु अन्य विविध रङप्रतिको उपेक्षा नै ठान्छिन्। उनी भन्छिन्, 'बजारमा रातोबाहेकका मुग्ध बनाउने कैयौं रङका अन्य उपहार पनि छन्, हामीले आफैँलाई ती रङप्रति अभ्यस्त बनाउनुपर्ने वा अन्य सिर्जनात्मक पक्षमा जोड दिनुपर्ने बेला आएको छ।'

'म यो व्यापारमा लागेको २८ वर्ष भो,' हितोमी भन्छिन्, 'केटाहरु फूल किन्न आउँछन् र खाली रातो गुलाब लैजान्छन्। यस्तो लाग्छ, तिनले रातो गुलाबबाहेक केही देख्दैनन् वा त्योभन्दा बाहेक अरु सोच्नै सक्तैनन्।'

त्यसो त प्रणय दिवसको दिन रातो गुलाब नै रुचाउने युवतीहरुको संख्या पनि उत्तिकै थियो।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget