प्रधानमन्त्रीको सम्मानमा मुम्बईमा आयोजित पार्टीमा बलिउड स्टारहरु

फाल्गुन १२, २०७२- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा नेपाली अभिनेत्री मनिषा कोइरालाको तत्वावधानमा मुम्बईमा दिएको पार्टीमा बलिउड स्टारहरु उपस्थित भएका छन् ।

बम्बै कलाकार समाजले प्रधानमन्त्री ओलीको सम्मानमा मुम्बईको हयात रिजेन्सी होटलमा आयोजना गरेको कार्यक्रममा बलिउड सुपरस्टार गोविन्दा, जीतेन्द्र, गुलसन ग्रोवर, निर्देशक सुभास घई, गायक उदित नारायण झा, दीपा नारायण, संगीतकार भप्पी लहरी, नेपाली कलाकार सुनिल थापा, प्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठलगायत उपस्थित थिए ।



कार्यक्रममा प्रधानमन्त्री ओलीले गोविन्दालाई ‘हाम्रा ज्वाई गोविन्दालाई स्वागत छ’ भन्दै स्वागत गरेका थिए । गोविन्दाकी श्रीमती नेपाली मूलकी भएकीले उनले यस्तो भनेका छन् ।

उनले कार्यक्रममा कलाकारहरुलाई सम्वोधन गर्दै आफूले फिल्म दुनियाँमा आएको महसुस भएको बताएका थिए । साथै, बलिउड कलाकारहरुलाई नेपालमा सुटिङका लागि आउन पनि निम्ता दिएका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री कमल थापालगायतका भ्रमण दलका सदस्य पनि उपस्थित थिए ।

.ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget