ताइवानमा शक्तिशाली भूकम्प, १७ तले भवन भत्किँदा ३ जनाको मृत्यु

शनिबार बिहान ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ६.४ म्याग्नेच्युडको सो भूकम्पको केन्द्रविन्दु ताइनान शहर नजिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पका कारण १७ तले आवासीय भवन भत्किएको छ।  सो भवन भत्किँदा तीन जनाको मृत्यु भएको पुष्टि भएपनि क्षतिको पूर्ण विवरण आइसकेको  छैन।

भत्केको भवनबाट २ सय भन्दा बढीको उद्धार गरिएपनि उद्धारकर्ताले सयौं मानिसहरू भवन भित्र फसेका हुनसक्ने बताएका छन्।

स्थानीय समय अनुसार बिहान ४ बजेतिर मानिसहरू सुतिरहेका बेला आएको भूकम्पपछि थप पाँच वटा परकम्प गएका थिए। केन्द्रविन्दुबाट ३ सय किलोमिटर टाढा राजधानी तापेइमा पनि भूकम्पको धक्का महशुस गरिएको ताइवानका सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९९९ मा ६ म्याग्नेच्युडको भूकम्प जाँदा ताइवानामा २३ सय जनाको ज्यान गएको थियो। setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget