मोदीसँगको गोप्य वार्ताको रहस्य खोल्न उनी भैरहवामा पुगेका खूलासा

भैरहवा: प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दलहरुबाट जनतालाई संविधान पढाउने अभियानलाई सम्बोधन गर्न शुक्रबार भैरहवा पुगेका छन् ।
भारत भ्रमणपछिको पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली भैरहवा पुगेका हुन् ।
भारत भ्रमणपछि ओलीले सम्बोधन गर्ने पहिलो कार्यक्रम भएकाले यो सभालाई सबैले महत्वका साथ हेरेको सिद्धार्थनगर नागरिक समाजका सचिव रवि शर्माले बताए ।
नयाँ संविधानप्रतिको भ्रम एवम् मुख्य दलहरुप्रतिको अविश्वासका कारण तराई–मधेसमा चर्केको आन्दोलनमा भैरहवामा १२ जना नागरिकले ज्यान गुमाएका थिए ।
संविधानबारे मधेसीसहितका क्षेत्रीय दलहरुले सिर्जना गरेको भ्रम चिर्ने कार्यक्रमको यहाँ एमालेले अगुवाई गरेको छ ।
संविधानको कार्यान्वयन हुन नदिन अनेक बहाना बनाएर आन्दोलन गर्ने, आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने समूहहरुका स्वार्थ जनताकामाझ सार्वजनिक गरेर भ्रम चिर्ने योजना अनुसार अञ्चलस्तरीय जनप्रदर्शन गर्न लागिएको एमाले प्रचार विभागले जानकारी दिएको छ ।
केही दिनदेखि नेपाल भारतको सीमावर्ती क्षेत्र भैरहवा आसपासमा ठूलो स्वरमा माइकिङसँगै स्थानीयका घरदैलोमा अपत्यारिला मानिसहरुको चहलपहल बढेको छ ।
उनीहरुले घर, पर्खालको भित्तामा पम्प्लेट टाँस्दै हिडेका छन् । नेपाली झण्डा फहराउँदै उनीहरुले सडक, चोक गल्लीहरुमा पर्चाहरु पनि छरपस्ट छर्दै हिँडेका छन् ।

६ महिना लामो मधेस आन्दोलनले अस्तव्यस्त भैरहवामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमलाई सफल बनाउन जनताको संविधान जनताको माझमा, हिमाल पहाड तराई कोही छैन पराई गीत गुन्जिरहेका छन् ।
आज हुने कार्यक्रममा नयाँ संविधानबारे जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको शीर्ष टोलीले भैरहवामा आयोजित वृहत जनसभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रम सफल पार्न जिल्ला सुरक्षा समितीले तीनघेराको सुरक्षा रणनीति अपनाउँदै रंगशाला र भैरहवा क्षेत्रमा आवश्यकता वमोजिम बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।
जनसभामा लुम्बिनी अञ्चल ६ जिल्लाबाट डेढ लाख जनता उतार्ने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् । लाखौं जनता भैरहवामा उतार्न एकहजार दुईसय सवारी साधन, पाँच हजार स्वयंसेवक परिचालन गरिएका छन् ।
कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकाय सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
जनसभामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोख्रेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले सम्बोधन गर्नेछन् ।
त्यसैगरी केन्द्रिय सदस्यहरु छविलाल विश्वकर्मा, वैजनाथ चौधरी, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डे, नेत्र पन्थी र आदित्यनारायण कसौधनलगायतले सम्वोधन गर्ने प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए ।
लुम्विनी अञ्चलका ६ वटैं जिल्लाका गाउँटोलमा नया संविधानको संचार पुर्याउने कार्य भईरहेको अंचल समन्वय समिती एवं जनप्रदर्शन मूल समिति संयोजक लिला गिरीले जानकारी दिए । जनसभामा दुई करोड बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget