काठमाडौं, फागुन १४ । प्रधानसेनापति प्रथम राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उपाधि जितेको हो ।
पहिलो सेट २५–१९ ले जितेको आर्मी क्लबले दोस्रो सेट झनै सहजरुपले २५–१३ ले आफ्नो पक्षमा पार्यो ।
यसैगरी, तेस्रो सेट २५-२१ ले जित्दै सेनाले विभागीय प्रतिद्धन्द्धी पुलीस क्लबविरुद्ध प्रभावशाली जित निकालेको हो ।
प्रतियोगितामा आर्मी क्लबका धनबहादुर भट्टले उत्कृष्ट खेलाडी घोषित हुँदै पल्सर मोटरसाइकल हात पारे ।
नेपाली सेनाले पहिलोपटक आयोजना गरेको प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाली सेनाका दुई टिम, पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम गरी कुल ९ टोली सहभागी थिए ।
imagekhabar
Post a Comment