महामन्त्रीमा ज्वाइँ–ससुरा नै

फाल्गुन १५, २०७२- संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी देउवा पक्षबाट महामन्त्रीमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ । संस्थापन पक्षमा ठाउँ नपाएपछि केसी देउवा पक्षमा गएर महामन्त्रीको उम्मेदवार हुन लागेका हुन् ।

उनका ज्वाइँ युवा नेता गगन थापा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने भएका छन् । थापाले पनि आफ्नो तयारी तीव्र पारेका छन् । थापाले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी हुने तयारी गरेका हुन् । देउवा पक्षबाट ससुरा उम्मेदवार बन्ने भएपछि थापा पारिवारिक अप्ठ्यारोमा परेका छन् ।

‘अब थापा पछि हट्ने अवस्थामा पनि छैनन्, अघि बढ्न पनि पारिवारिक तनाव छ,’ उनीनिकट स्रोतले भन्यो । यी दुवैले एक–अर्कालाई छाड्ने सम्भावना पनि राखेका छन् । थापाले आफू कुनै प्यानलमा परे नेता केसीले छाडिदिने संकेत आएको बताउँदै आएका छन् ।

तर, केसी फुटेको समूहबाट नभएर संस्थापन या देउवा पक्षको प्यानलमा थापा परे मात्रै आफू उम्मेदवार नहुने बताएको सुनाउँछन् ।

‘कृष्णप्रसाद सिटौला नै संस्थापन पक्षको उम्मेदवार भएर ज्वाइँलाई महामन्त्रीमा राखे म विचार गर्छु,’ केसीले कान्तिपुरसँग भने, ‘तर कुनै टुक्रे प्यानलमा परेमा मैले छाड्छु भनेर भनेको छैन ।’ थापाले अन्य प्रतिक्रिया नदिई एक/दुई दिनको अवस्था हेरेर आफ्नो औपचारिक धारणा आउने बताए ।
ekantipur

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget