काठमाण्डाैसम्म रेल मार्ग जोड्न भारतको संसद्मा बजेट छुट्याइयो

 काठमाण्डाैसम्म रेल मार्ग जोड्न भारतको संसद्मा बजेट छुट्याइयो
नयाँदिल्ली, १५ फागुन ।  भारतीय रेल्वे मन्त्री सुरेश प्रभाकर प्रभुले उत्तर– पूर्वी रेल्वेअन्तर्गत उत्तरप्रदेशको सिद्धार्थनगरदेखि काठमाण्डुसम्म ३ सय ५९ किलोमिटर दूरीका लागि रेल्वे सर्भे थालिने बताएका छन् । भारतीय संसद्मा शुक्रबार रेल्वे बजेट प्रस्तुत गर्दै मन्त्री प्रभुले सिद्धार्थनगर– काठमाण्डु रुट सर्भे गर्न ५४ लाख भारु छुट्याइएको जनाए ।
अहिले भारतले पाकिस्तानसँग सम्झौता एक्सप्रेस र बंगलादेशसँग मैत्री एक्सप्रेस सञ्चालनमा ल्याएझैँ नेपालसँग पनि रेल्वे सम्पर्कका लागि पहल भएको एक अधिकारीले बताए । भारतीय मिडियामा आइसकेको यो प्रस्तावबारे सांसद बजेटमा भने विस्तृतमा केही जनाइएको छैन ।अाजकाेकान्तिपुर दैनिकमा खबर छ ।
purbelinews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget