जोमसोम विमान दुर्घटनामा परेको यो जोडी,जसले संसारलाई रुवाए !

काठमाण्डु,१३ फागुन– वुधबार भएको विमान दुर्घटनामा भर्खरै विदेशबाट फर्केका एक जोडीको समेत मृत्यु भएको छ । रोजगारीको सिलसिलामा पाँच वर्ष पहिले युएईको अबुधाबीमा कार्यरत स्याङजा बिचारीचौतारा–७ का मोतीबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको दुःखद निधन भएको हो ।
उनीहरु एकवर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएका थिए । अबुधाबीको एक अल जाबर क्युन सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रुपमा कार्यरत उनी एक महिना पहिलेमात्र २ महिनाको बिदा लिएर घर आएका थिए । तर बुधबार भएको विमान दुर्घटनाले उनीहरु केहीबेरको सुःखद क्षणसँगै बिदा यो संसारबाट बिदा भएका छन् ।
मोतीबहादुरले जिल्लाकै ठुलीदेखा १ की पबित्रासँग एक वर्षअघिमात्र विवाह गरे लगत्तै अवुधाबी फर्केका थिए ।
एकवर्षपछि छुटी मनाउन घर आएका केसीका दम्पत्तिको विमान दुर्घटनामा परेर मृत्यु भएपछि उनको गाउँघर अहिले शोकमा डुबेको छ । घरमा आएको बेला केसीले आफ्नी श्रीमतीलाई जोमसोम घुमाउने धोको पूरा गर्न यात्रामा निस्केका बेला यस्तो दुःखद दुर्घटना सुन्दा उनका विदेशमा कार्यरत साथीहरु समेत पीडामा छन् ।
श्रीमतीलाई जोमसोम घुमाएर उनी लगत्तै विदेश फर्किदै थिए, तर यो दम्पत्तीको सुःखद संसारमा रमाउने सपना म्याग्दीको घोप्टी भीरमा जलेका छन् ।
बुधबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटना हुँदा केसी दम्पतिसहित २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget