ओबामाद्वारा नेपाललाई भन्सार छुट दिने कानुनमा हस्ताक्षर


काठमाडौं— अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका ६६ उत्पादनलाई भन्सार छुट दिने स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) कानुनमा बिहीबार हस्ताक्षर गरेका छन्। नेपालले गलैँचा, टोपी, च्यादर, गलबन्दी तथा यात्रा सामग्री सहित ६६ प्रकारका सामान भन्सार छुट पाउनेछ।

ट्रेड प्रेफरेन्स कार्यक्रम सुरु हुनुअघि अमेरिकामा निश्चित प्रशानिक प्रक्रिया पूरा हुनु पर्दछ। सबैभन्दा पहिला राष्ट्रपतिले नेपालले सो कार्यक्रमसम्बन्धी सम्पूर्ण आवश्यकता पूरा गरेको छ भन्ने कुरा प्रमाणित गर्नुपर्दछ।

यस्तो छुट १० वर्षसम्म नेपालले पाउनेछ। गत वैशाखको विनाशकारी भूकम्पले गरेको क्षतिपछि आर्थिक पुनरुत्थानमा सघाउने गरी यस्तो व्यवस्था गरिएको काठमाडौं स्थित अमेरिकी दूतावासले जनाएको छ।

'नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात बढाउने यो निकै ठूलो अवसर हो', अमेरिकी राजदूत अलाइना बी टेप्लेजले भनेकी छन्, 'विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता नेपालको योजना र अमेरिकी सरकारले यस लक्ष्यतर्फ कसरी योगदान गर्न सक्छ भन्ने विषयमा हामीलाई थप जान्ने उत्सुकता छ।'

अमेरिकी बजारमा यस्ता सामग्रीको आयात वृद्धि हुँदा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पर्ने छैन भन्ने सुनिश्चित गर्नका लागि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालले सुविधा पाउने कार्यक्रमको समीक्षा गर्नेछ। यो समीक्षा पूरा हुन केही महिना लाग्ने अमेरिकी दूतावासले उल्लेख गरेको छ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget