पौडीमा गौरिकाको ऐतिहासिक रजत

गुवाहटी- किशोरी पौडीवाज गौरिका सिंहले १२ औं दक्षिण एसियाली खेलकुदमा चौथो पदक जित्ने क्रममा बुधबार रजतमा कब्जा जमाएकी छन्। डा. जाकिर हुसेन एक्वाटिक पौडी पोखरीमा २ सय मिटर
इन्डिभिज्युअल मिड्लेमा रजत पदक जितेकी हुन्। उनले २ मिनेट ३३.६ सेकेन्डमा पूरा गरेकी थिइन्।
यसअघि गौरिकाले २ सय मिटर ब्याक स्ट्रोक, ४ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन्। दक्षिण एसियाली खेलकुदको पौडीबाट व्यक्तिगत इभेन्टमा पदक जित्ने गौरिका पहिलो नेपाली पौडीवाज हुन्। यसअघि आठौं साफमा नेपाले महिला रिलेमा स्वर्ण पदक जितेको थियो।

१२ औं दक्षिण एसियाली खेलकुदमा नेपाली पौडीलाई ऐतिहासिक रुपमा सफलता दिलाएकी गौरिकाले छोटो शब्दमा भनिन्, 'देशले मलाई सम्भि्करहे। मैले पनि देशलाई यो भन्दा ठूलो सफलता दिलाउने प्रण गर्छु। म यी पदकहरु नेपाली जनताप्रति समर्पित गर्न चाहन्छ।'

१३ वर्षीया गौरिकाको यस इभेन्टमा यसअघि २ मिनेट ३८.१७ सेकेन्डको प्रदर्शन थियो। यस इभेन्टमा ६ राष्ट्रका ८ खेलाडी सहभागी थिए। भारतीय पौडीवाज श्रद्धा सुधिरले स्वर्ण जितेकी छन्।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget