कोइराला बाथरुममा लडेको रहस्य सार्वजनिक, निद्रा लाग्ने औषधि खुवाएको खुलासा

काठमाडौं, २८ माघ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम श्रद्धाञ्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले बुधबार पनि बारम्बार एउटै प्रश्न गरे,’सुशील दा’लाई किन अस्पताल लगिएन ?’ यसको जबाफ दिने त्यहाँ कोही भएनन् । पार्टीका नेताहरु यस्ता प्रश्नको घेराबन्दीमा बारम्बार परिरहँदा उनीहरु प्रतिक्रियाविहिन भएर शीर निहुराएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पूर्वप्रधानमन्त्री र पार्टीको सभापति गम्भिर अवस्थामा विरामी पर्दा राज्यलाई र आम पार्टीका कार्यकर्तालाई जानकारी हुनुपर्छ कि पर्दैन रु एक केन्द्रीय सदस्यले कान्तिपुरसंग भने,’परिवारका सदस्यहरुले आफ्नो स्वार्थका लागि कोइरालाको विरामी लुकाएर राखे ।’ पार्टीका नेता र आम कार्यकर्ताहरु महाधिवेशनका बेला नकारात्मक सन्देश जाने भयले अस्पताल नगली कोइरालालाई घरमै राख्न बाध्य पारिएको बताउँछन । परिवारका सदस्यहरुले औपचारिक रुपमा कार्यकर्ताहरुको यो आक्रोशको जबाफ दिएका छैनन् ।
स्रोतका अनुसार कोइराला सोमबार बेलुका ९ बजे बाथरुममा जाँदा रिंगटा लागेर लडेका समेत थिए । उनको निधारमा समान्य चोट लागेको थियो । तर, परिवारका सदस्यहरुले सिमित नेताहरुसँग दुई दिनअघि लडेको दावी गर्दै आएका छन् । चोट लागेको भागमा चन्दन लगाए छोपिएको थियो । लडीसकेपछि पनि अस्पताल नलैजानुलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले रहस्यको रुपमा लिएका छन् ।
महाधिवेशनका तनावका कारण कारण कोइराला केही दिनदेखि निदाउन समेत सकेका थिएनन । निदाउन नसकेपछि परिवारका सदस्यहरुले चिकित्सकको सल्लाह विपरित उनलाई निद्रा लाग्ने औषधि समेत खुवाएका थिए । ‘औषधि दिएपछि सुशील ‘दा’ मस्त निदाउनु हुन्थ्यो । हामीलाई उहाँको शरीरलाई आराम होला भन्ने सोचेर निद्रा लाग्ने औषधि दिएका थियौ’ कोइरालाका एक सहयोगीले भने,’तर चिकित्सक करवीरनाथ योगीले त्यसले फोक्सोमा असर गर्छ भनेपछि मात्रै थाह भयो ।’
कोइराला निकट सदस्यहरु १३ औं महाधिवेशनमा सुशीललाई सभापतिको उम्मेदवार बनाउन चाहेका थिए । माघ १७ गते संस्थापन पक्षबाट कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल गर्न कोइरालाले आफ्नै निवासमा पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको बैठक समेत गराएका थिए । छलफलका क्रममा कोइराला स्यंमले सभापति हुनेरनहुने केही बताएका थिएनन् । तर, भित्री आकांक्षा कोइराला परिवारमै पार्टीको विरासत विसाउन कोइराला उम्मेदवारी बन्ने तयारी गर्दै थिए । कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री द्धोय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु रामशरण महत र अर्जुननरसिंह केसीसहितका नेताहरुबीच भएको छलफलमा सभापतिको उम्मेदवारको बिषयमा सहमति नभएपछि पुनः २६ गते बस्ने बैठक बस्ने भनेर टुंगिएको थियो ।
२५ गते जिल्लाका अधिवेशन सकिएपछि उम्मेदवार तय गर्न छलफल गर्ने योजनामा कोइराला थिए । बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह राजधानीमै थिए । उनीहरुलाई पनि कोइरालाको गम्भिर अवस्थाका बारेमा जानकारी गराईएको थिएन । परिवारका सदस्यहरुसंग मात्रै परामर्श भइरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल स्वास्थ्य तलमाथि भईरहने गरेको बताउँछन ।
‘चिसो हुँदा गल्ने र घाम लाग्दा अघिपछिजस्तै क्रियाशील हुने गर्नुहुन्थ्यो’ रिजाल भन्छन,’तर यस्तो अवस्था होला भनेर हामीले सोचेका पनि थिएनौं ।’ साढे दुई बजे निधनको खवर भतिज अतुलले जानकारी गराउँदा आफैले विस्वास नलागी अन्त्यैबाट घट्ना पुष्टी गरेको रिजालले बताए । ‘सभापतिमा आफै उठ्नु भयो भने फागुन लागेपछि १०र१२ जिल्लामा जाने र आफै नउठेपनि सहयोग जुटाउन ५ र ७ जिल्लामा जानुपर्छ भन्ने थियो’ रिजालले भने, ‘उहाँको स्वास्थ्य अवस्था क्रोनिकनै थियो । तर, अहिल्यै यस्तो होला भन्ने लागेको थिएन ।’
कोइराला केही समयदेखिनै बिरामी थिए भन्ने जानकार परिवारका सदस्यहरुलाई नभएको होइन । पार्टीको महाधिवेशन देशभरी चलीरहेका बेला कोइरालाको अस्पताल भर्नाले नकारात्मक सन्देश जाने सोचले उहाँलाई अस्पताल भर्ना गरिएको थिएन । कोइराला निकट केन्द्रीय सदस्य बलवहादुर केसी पूर्व प्रधानमन्त्री र पार्टीको सभापतिजस्तो व्यक्ति विरामी पर्दा राज्यले थाह नपाउनु दुःखको कुरा भएको बताउँछन ।
२४ गते विहान सोलुखोम्बुको महाधिवेशनका बिषयमा कोइरालासंग कुराकानी भएको स्मरण गर्दै केसीले आफूलाई अन्तिम अवस्थामा पुग्नेगरी विरामी भएको भन्ने थाह नभएको बताए । ‘उहाँलाई अस्पतालनै लैजानुपर्दथ्यो, नीजि चिकित्सकले के गरे रु किन लगेनन रु भित्री कुरा थाह भएन’ उनले भने, ‘जिल्ला अधिवेशनको मत गणना हुँदाहुदै निधनको खवर आउँदा ‘सक’ नै भए ।
अस्पताल लगेको भए अहिले उठेका दश खालका आशंका पनि उठ्ने थिएन ।’ नीजि चिकित्सक करवीर योगीले सहिद गंगालालको ६०१ नम्वर कोठा बुक गरेको समेत जानकारी गराएका छन् । अस्पताल लैजाने तयारी गरिएको बताउदै तत्काल एम्बुलेन्स नपाएको जानकारी समेत योगीले गराएका छन् । जवकि कोइरालाका चढ्ने र सुरक्षा चढ्ने गाडीनै निवासमा थिए । कोइराला बसेका निवासबाट ५ मिनेटकै दुरीमा अस्पताल छन् । ‘निधननै भएपछि अस्पताल लगेर भेन्टीलेटरमा राखेर भएपनि राष्ट्रलाई जानकारी दिनुपर्दथ्यो’ पार्टीका एक पदाधिकारीले भने, ‘शंका, उपशंका भन्दापनि हेलचक्राई भएको देखियो ।’
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget