कमल थापासँग ११० तोला सुन र ३०० तोला चाँदी

काठमाडौँ – उपप्रधान मन्त्री कमल थापासँग विभिन्न बैंकमा गरी आठ लाख पाँच हजार नगद रहेको छ ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यही माघ २८ गते बुझाएको आफ्नो सम्पत्ति विवरणमा काठमाडौँमा ११ आनाको पैतृक जग्गा र पत्नी प्रलिताका नाममा स्थायी निवास रहेको मकवानपुरमा स्वआर्जनको पाँच कठ्ठा रहेको उल्लेख छ ।

त्यस्तै उनीसँग सुनको गहना ११० र चाँदीका सामान ३०० तोला छ । दुवै पैतृक र स्वआर्जन गरी कमाएको बताइएको उल्लेख छ । उपप्रधानमन्त्री थापाको सवारी साधनमा रु १८ लाख पर्ने ल्यान्डक्रुजर गाडी र रु २७ लाखको फियर कार छन् ।

अर्थराज्यमन्त्रीको पाँच तोला सुन
त्यस्तै अर्थराज्यमन्त्री दामोदर भण्डारीकी श्रीमती कवितासँग पाँच तोला सुन रहेको तथा उनीको दुई बैंकमा गरी चार लाख रु ७० हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget