कोरियन संसदमा नेपालको संविधानको प्रचार

सियाेल(कोरिया)– शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले नेपालको संबिधान लोककल्याणकारी राज्यको आधारशिला भएकाे बताएका छन्।
कोरियाका सांसदहरु चाङ्ग ब्योउङ्ग वान, ह्वांग इन जा, पार्क यून ओक, किम कि-शिक शान्ति मन्त्रि एकनाथ ढकालसँग नेपालको संविधानकासाथ कोरियन संसद भवनमा तस्विर खिचाउँदै।

गणतन्त्र कोरियाको संसद भवनमा कोरियाली सांसदहरुद्वारा आयोजित बिशेष कार्यक्रममा बोल्दै सांसदसमेत रहेका ढकालले नयाँ संविधानले सबै खाले विभेदको औपचारिक रुपमा अन्त गर्दै समतामुलक समाजको परिकल्पना गरेको बताए। समाबेशी, समानुपातिक, सामाजिक न्याय जस्ता सिद्धान्तको अबलम्बन तथा सहभागितामुलक लोकतन्त्रलाइ आत्मासात गरेको उनकाे भनाइ थियाे। मन्त्रि ढकालले नेपालमा विनासकारी भुकम्प गयको बेला कोरियाका सांसद हरुले संसदमा बिशेष प्रस्ताब पारित गरि नेपाललाई सहयोगको माहोल बनाएकाेमा कोरियन संसदका सभामुख तथा सांसद हरुलाई धन्यवाद दिए। मन्त्रि ढकालले नयाँ संविधानको कार्यान्वयनका लागि ठुलो साधन श्रोत आबस्यक पर्ने भन्दै कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रमा कोरियन सरकारले नेपालललाई निरन्तर गरेको सहयोग प्रति आभारी ब्यक्त गर्दै पुर्बाधार निर्माण र रोजगारी सृजनामा नेपालको प्राथमिकता रहेको पनि बताए।

कार्यक्रममा कोरिया-नेपाल संसदीय मैत्री संघका अध्यक्ष सांसद तथा पूर्व मन्त्रि चाङ्ग ब्योउङ्ग वानले मन्त्रि ढकाल तथा नेपाली सांसदहरुलाई कोरियन संसदमा स्वागत गर्न पाएकाे खुशी ब्यक्त गरे। सांसद चाङ्गले यति धेरै र महत्वपूर्ण संसदहरु नेपालदेखि आएर कोरियन संसदमा छलफल हुनु अर्थपूर्ण र उत्साहजनक छ भन्दै आभार ब्यक्त गरे। अध्यक्ष चाङ्गले कोरिया र नेपालबीच ८० मिलियन डलरको मात्र व्यापार भएकोमा आगामी दिनहरुमा यसलाई बढाऊन द्विपक्षीय सम्बन्धलार्इ विस्तार गर्दै लैजानु पर्ने बताए। जलबिधुतको क्षेत्रमा कोरियाली निजी क्षेत्र नेपालमा थप लगानी गर्न इच्छुक रहेको पनि जानकारी दिए। कार्यक्रमममा कोरियाका सांसद हरु ह्वांग इन जा, पार्क यून ओक, किम कि-शिक लगायतले नेपाली सांसदहरुसँग अन्तरक्रिया भएकाे थियाे।

कार्यक्रममा मन्त्रि ढकालले नेपालको बिगत ७० बर्षकै ठूलो उपलब्धि र जनताको आसु, पसिना, रगत र भावनाले सिंचित दस्ताबेज भन्दै अंग्रेजी भाषाको नेपालको संबिधान कोरियाली सांसदहरुलाई वितरण गरे। कार्यक्रममा नेपाल र कोरियाका सांसदहरु, कोरियास्थित नेपाली दूताबासका अधिकारी तथा कोरियन संसदका अधिकारीहरु सहभागी थिए। मन्त्रि ढकाल ५ दिने निजि भ्रमणमा कोरिया अाएका हुन्।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget