कांग्रेस महाधिवेशन स्थगित
काठमाडाैं-नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि कांग्रेस महाधिवेशन स्थगित भएको छ। कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित भएको जानकारी दिए।
गएराती सभापति कोइरालाको अकस्मात निधन भएपछि काठमाडाैं बाहिर रहेका पार्टीका नेताहरू रातिनै राजधानी प्रस्थान गरेका छन्।
बरिष्ठ नेता शेरबहादुर देउवा कोइराला निवास महाराजगन्ज पुगेका छन्। गृहजिल्ला तनहुँ रहेका उपसभापति रामचन्द्र पाैडेल रातिनै काठमाडाैंका लागि प्रस्थान गरेका छन्र। गृहजिल्ला रहेका कृष्ण सिटाैलालगायतका नेताहरू राजधानी अाउँदै छन्।
nagariknews
Post a Comment