काठमाडौं— नेपाली कांग्रेसका नेता नरहरि आचार्य कोइराला निवास महाराजगञ्जमा बेहोस भएका छन्। सभापति सुशील कोइरालाको निधन भएसँगै गए रातिदेखि निवासमै रहेका उनी शव राखिएको कोठाबाट 'केही अप्ठ्यारो भयो' भन्दै बाहिर निस्केका थिए।
बाहिर आउनासाथ उनी बेहोस भएका थिए।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले उनलाई उपचारका लागि शहीद गंगालाल अस्पताल पुर्याएका छन्। त्यहाँ उनको उपचार भइरहेको छ।
nagariknews
Post a Comment