अभ्यास गर्दै नेपाली टाेलीअभ्यास गर्दै नेपाली टाेली
गुहाटी— नेपाली पुरुष फुटबल टिमले भुटानविरुद्धको खेलबाट आइतबार १२ औं सागको यात्रा सुरु गर्दैछ। गुवाहाटीस्थित नेहरु स्टेडियम, उलुबारीमा हुने खेलबारे नेपालका कप्तान विराज महर्जनले भने, 'बंगबन्धु गोल्डकप जितेकोले खेलाडीको मनोबल उच्च छ। सबै खेलाडी राम्रो लयमा छन्।
त्यसैले भुटानलाई हराएर राम्रो सुरुआत गर्न चाहन्छौं।' दुई साताअघि ढाकामा बंगबन्धु गोल्डकप जितेर नेपाललाई २३ बर्षपछि उपाधि दिलाएको टिमका २० खेलाडी अहिलेको सागमा पनि सहभागि छन्।
नेपालले १९८४ र १९९३ को साग (त्यसबेला साफ गेम्स)मा स्वर्ण जितेको थियो। १९९९ पछि भने सागमा यू २३ टिमले खेल्ने गरेको छ।
'यसपल्टको सागमा हामी राम्रो नतिजा दिलाउन चाहन्छौं। त्यसका लागि सुरुमा फाइनल पुग्ने लक्ष्य बनाएका छौं,' प्रशिक्ष्ँक राजुकाजी शाक्यले भने, 'त्यसैअनुसार रणनीति बनाएर खेल्दैछौं।' उनी दुई स्व्र्ण जितेको नेपाली टिमका खेलाडी हुन् र पछिल्लो स्वर्णमा कप्तान नै थिए। ६ देश सहभागि पुरुष फुटबलमा नेपाल, भुटान र बंगलादेश समूह 'बी'मा छन्। दुई समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।
त्यस्तै, नेपाली महिला फुटबल टिमले सिलोङमा आइतबार माल्दिभ्ससँग खेल्नेछ। यसअघि पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो भने माल्दिभ्सले डिफेन्डिङ च्याम्पियन भारतस"ग गोलरहित बराबरी खेलेको थियो। त्यसैले जवाहरलाल नेहरु स्टेडियममा माल्दिभ्सलाई हराएर नेपालले शीर्षस्थानमा रहने प्रयास गर्नेछ।
nagariknews
Post a Comment