उत्तर कोरियाबाट शक्तिशाली मिसाइल परीक्षण,अमेरिकासम्म त्रास

२०७२ माघ २४ आईतवार

एजेन्सी : उत्तर कोरियाले अमेरिकासहितका शक्ति राष्ट्रको चेतावनी बेवास्ता गर्दै आइतबार लामो दुरीको शक्तिशाली मिसाइल परीक्षण गरेको छ ।

अमेरिका, राष्ट्रसंघ र जापानसहितका देशले दिएको प्रतिबन्धको कडा चेतावनीलाई पुरै बेवास्ता गर्दै अमेरिकासम्म हान्न सकिने मिसाइल परिक्षण गरेको हो ।

दक्षिण कोरियाका अनुसार यो मिसाइल उत्तर कोरियाको उत्तर पश्चिमी बेसबाट छोडिएको हो । यो मिसाइल जापानको दक्षिणी ओकिनावा द्वीपमाथिबाट गएको थियो ।


अमेरिकाका, जापान र दक्षिण कोरियाले उत्तरको यो कदमको कडा विरोध गरेका छन् । उनीहरुले आइतबारै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालिन बैठक बोलाउन तीनै देशले आग्रह गरेका छन् ।

विश्लेषकका अनुसार प्योङ्याङ्गले अमेरिकाका कुनै पनि सहरसम्म हान्न सकिने मिसाइलको परीक्षणलाई तीब्र गतिमा अघि बढाएको हो ।

संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमा उत्तर कोरियामाथि कुनै पनि किसिमको परमाणु हतियार या ब्यालेस्टिक मिसाइलको परीक्षणमा प्रतिबन्ध लगाइएको छ

जापानका प्रधानमन्त्री शिन्जो आबेले यसलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको उल्लंघन भएको बताएका छन् ।

तर उत्तर कोरिया भने यसअघि उसले पृथ्वीको माथिल्लो कक्षमा एक उपग्रह स्थापित गर्नका लागि रकेट परीक्षण गर्ने दाबी गर्दै आएको छ ।

दक्षिण कोरियाका विश्लेषकको अनुमानमा उत्तर कोरियाले यस किसिमको परीक्षण १६ फेब्रुअरी भन्दा अघि गर्ने बताइएको थियो ।

१६ फेब्रुअरी उत्तर कोरियाका पूर्व नेता किम जोंग इलको जन्मतिथि हो ।

यसभन्दा अघि छ जनवरीमा हाइड्रोजन बम परीक्षण गर्दा पनि अम्तरराष्ट्रिय समुदायले उत्तर कोरियाको तीब्र आलोचना गरेका थिए ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget