परीवारका एक्ला छोराछोरी थिए तारा एयर दुर्घटनामा परेका डिकेश र रमा

काठमाडौं । तारा एयरको ९ एन एएचएच ट्वीनेटर विमान बुधबार दुर्घटना हु्ँदा निधन भएका कोपाइलट डिकेश नेम्कुल र एयर होस्टेज रमा राउत परिवारका एक्ला छोराछोरी थिए ।





ललितपुर पाटनढोका निवासी २९ वर्षीय कोपाइलट नेम्कुल परिवारका एक्ला छोरा हुन् भने काठमाडौं कुलेश्वरकी २६ वर्षीया रमा पनि परिवारकी एक्ली छोरी हुन् ।
राजधानी दैनिक लेख्छ(डेढ वर्षदेखि तारा एयरमा कार्यरत नेम्कुलले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स पूरा गरेका थिए । एयर होस्टेज राउत तीन बर्षदेखि तारा एयरमा कार्यरत थिइन् ।
ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका दुई दिदी र एक बहिनीका एक्ला भाइ डिकेश मिलनसार र सहयोगी भएको उनका साथीहरु सुनाउँछन् । नेवार समुदायमा जन्मे हुर्ने पनि प्रस्टरुपमा नेपाली बोल्ने उनले आफ्नो घरमा पनि नेपाली भाषालाई नै बढी प्राथमिकता दिने गर्थे । साथीहरुसँग रमाइलो गर्ने बेला भने उनी नेवारी भाषा प्रयोग गर्थे ।
बाबुको निधन पछि एयर होस्टेज रमा आफ्नी ५० वर्षीया आमा गीता, एक दाजु र एक भाइसँग बस्दै आएकी थिइन् । उनका दाजु पदम मेगा बैंकमा कार्यरत छन् भने भाइ प्रमोद नेपाल प्रहरीका सहायक निरीक्षक छन् ।
News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget