कांग्रेस नेतृत्व दुई दसकपछि कोइराला परिवार बाहिर

काठमाडौं, २७ माघ । कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ ।
विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वतः कार्यबाहक सभापतिको हैशियतमा पार्टीको नेतृत्व तहमा आईपुगेका छन् ।
तर, फागुन २०/२३ मा हुने पार्टीको १३ औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने फैसला गर्नेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
१३ औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ। कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन । वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर (वीपीका।भाई केशवका छोरा) र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला ।
सुजाता सुशीलको विरासत लिन खोज्दैछिन् । तर, उनको उचाईले यसैपटक नेतृत्वमा पुग्ने संभावना कम छ । सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन् ।
उनीहरु दुवैका चाहना महामन्त्रीमा देखिन्छ। सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनु पर्ने बताउँदै आएकी छिन् ।
‘१३ औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने संभावना छैन’ कांग्रेसका एक पदाधिकारीले भने,‘अबको नेतृत्व कि त शेरवहादुरले गर्नेछन कि रामचन्द्र पौडेलले।’ उनका अनुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३ औं महाधिवेशनले फैसला गर्नेछ।’
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget