बेड बुक गरेर सुशीललाई उपचार गर्न अस्पताल नलगेको रहस्य खुल्यो

काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अस्पताल लगेर अपचार गर्न शिक्षण अस्पताल महाराजगञ्जमा बेडसमेत ‘बुक’ गरिसकिएको पाइएको छ ।
स्वास्थ्यमा आएको उतारचढावका कारण कोइरालालाई अस्पताल त लगिएन, अन्तिम स्थितिमा लैजाने प्रयास गर्दागर्दै आफ्नै निवासमा सोमबार राति उनको निधन भयो ।
पूर्वप्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा। करवीरनाथ योगीका अनुसार अस्पताल भर्ना गर्न सोमबार बिहान शिक्षण अस्पतालको ६०१ नम्बरको बेड बुक गरिएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।
‘सोमबार बिहान अस्पतालको बेडसमेत बुक गरिएको थियो, तर दिउँसो केही सुधार भयो, भर्ना गर्नुपर्ने जस्तो देखिएन ‘ डा योगीले भने । राति ११ बजेपछि मात्र रोगले चाप्दै लग्यो अस्पताल लैजान एम्बुलेन्स खोजिरहेका थियौ, तर त्यसअगावै उहाँको निधन भयो, बताउन सकिएन ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget