अपडेट – जहाज दुर्घटनास्थलबाट प्रत्यक्षदर्शीको बयानःजहाज स्वाँ.... गर्दै आएर सम्म ठाउँमा झर्‍यो, चालकको मृत्यु


नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको छ। शुक्रबार दिउँसो १२: २० मा नेपालगन्जबाट उडेको जहाज करिब १ बजे चिलाखाया २ जंगलेमा दुर्घटनामा परेको हो।
दुर्घटनास्थलबाट स्थानीय शिक्षक गोगन बिकले सेतोपाटीलाई बताए अनुसार जहाजका एक पाइलट अचेत अवस्थामा रहेका छन्।
‘उहाँको स्थिति ठ्याक्कै केहो भन्न गार्‍हो छ,’ उनले भने, ‘बाँकी १० जना यात्रु घाइते छन्। घाइतेमध्ये एक जना बालक पनि छन्।’
बिकले आफू कक्षा कोठामा पढाउँदै गर्दा स्कुल नजिकैबाट जहाजको स्वा.. गर्दै तल झरेको बताए। कालिया प्राविबाट लगभग १ किमी अगाडि जहाज झरेको उनले बताए।
‘जहाज माथिबाट सिधै नखसेर उड्दै सम्म ठाउँमै झर्‍यो,’ उनले भने।
जहाज झरेपछि कतिपय यात्रुहरू आफै पनि जहाजको सिसा फुटेको झ्यालबाट बाहिर निस्किएको उनले बताए।
पाइलटबाहेक १० जना यात्रुहरूको कसैको खुट्टा भाँचिएको र कसैको टाउँकोमा चोट लागेको उनले बताए। ‘घाइते यात्रुमध्ये एक जना यात्रु गम्भीर छन्,’ उनले भने।
दुर्घटनास्थलमा अहिले सारा गाउँनै उल्टिएको छ। दुर्घटनास्थलबाट नजिकको प्रहरी चौकी १० किमी दुरीमा रहेको र अहिले प्रहरी तथा कुनै पनि सरकारी कर्मचारी त्यहाँ नआइपुगेको उनले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget