भ्यालेन्टाइन सप्ताह सूची- ‘भ्यालेन्टाइन दिवस’को बारेमा रोचक तथ्य

कुशल श्रेष्ठ

प्रणय दिवस वा प्रेम दिवस  १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए।



तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले उनले राजाको आज्ञालाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।

तर, आजकाल भ्यालेन्टाइन दिवसलाई एक हप्ता अगाडिदेखि नै मनाइने गरिन्छ, जसलाई ‘भ्यालेन्टाइन सप्ताह’ भनिन्छ। फेब्रुअरी ७ देखि भ्यालेन्टाइन सप्ताह सुरु हुन्छ।

भ्यालेन्टाइन सप्ताहको सूचीः

भ्यालेन्टाइन दिवसको बारेमा रोचक तथ्यहरूः

नेपालमा सन् १९९० ताका देखि भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो। टेलिभिजन च्यानेलहरूबाट अन्तराष्ट्रिय मिडियाले यस पर्वको बारेमा प्रचार गर्न थालेपछि नै नेपालमा यो पर्व मनाउन थालिएको हो।
भ्यालेन्टाइन दिवसको लागि विश्वभरी १ अर्ब भन्दा बढि कार्डहरू आयात-निर्यात हुने गर्छन्। क्रिसमस पछिको सबैभन्दा बढि कार्ड आयात-निर्यात हुने पर्व भ्यालेन्टाइन नै हो।
मध्याकालीन समयमा, युवायुवतीहरूले चिट्ठाबाट आफ्नो भ्यालेन्टाइनको नाम थुत्ने गर्दथे। एक हप्तासम्म उनीहरूले उक्त नामलाई सबैले देख्ने गरी आफ्नो लुगाको बाहुलामा टाँसेर हिँड्ने गर्दथे।
सन् १८०० ताका, ‘रिचार्ड क्याडबरी’ले भ्यालेन्टाइन दिवसको लागि चकलेटको पहिलो बक्स निर्माण गरेका थिए।
विश्वभरीमा, भ्यालेन्टाइन दिवसको लागि फूल किन्ने ७३% व्यक्तिहरू पुरुष हुन्छन् भने २७% मात्रै महिलाहरू हुन्छन्।
रोमन धर्मसंस्कृतिका देवी ‘भेनस’को मनपर्ने फूल ‘गुलाफ’ थियो।
रातो गुलाफलाई ‘प्रेमको फूल’ मानिन्छ किनभने रातो रङ्गले बलियो रोमाञ्चक भावनालाई सङ्केत गर्दछ।
विश्वभरीमा हरेक वर्ष २,२०,००० प्रेमजोडीले भ्यालेन्टाइन दिवसको बेला बिहेको प्रस्ताव राख्ने गर्छन्।Wedding Rings
हरेक भ्यालेन्टाइन दिवसको दिनमा, सेक्सपियरको रोमियो-जुलियटको शहर भेरोना (इटली)मा जुलियटको नाममा १,००० भन्दा बढि प्रेमपत्र पुग्दछ।
सन् २००७ मा फिलिपिन्समा ६,१२४ प्रेमजोडीहरूले सामुहिक चुम्बन गरेर गिनिज बुकमा नाम पनि लेखाएका थिए।
२१ औँ शताब्दीको सुरुवाततिर, इरानका पादरीहरूले भ्यालेन्टाइन दिवसलाई धर्मविरुद्ध भन्दै आलोचना गर्ने गर्दथे। त्यसपछि सन २०११ मा, भ्यालेन्टाइन सम्बन्धी कुनै पनि क्रियाकलाप गरे मृत्युदण्ड दिने घोषणा भएको थियो।
nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget