नयाँ शक्ति केन्द्रीय अन्तरिम परिषदको बैठक शुक्रबार र शनिबार काठमाडौंमा बस्यो। यो बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री करिश्मा मानन्धर मञ्चमै बसकी थिइन् जबकी थुप्रै
नेताहरु दर्शकदिर्घामा नै थिए। डा.भट्टराईकी श्रीमती तथा पूर्वमन्त्री हिसिला यमी समेत दर्शकदिर्घामै थिइन्।
बैठकले नयाँ शक्तिको सचिवालय गठन गर्नुका साथै नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको र यहि बिषय जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको प्रवक्ता खिमलाल देवकोटाले बताए। त्यसपछि धेरैको चासो थियो, 'मञ्चमा बसेकी मानन्धरले कुन विभाग पाइन् ?'
तर मानन्धरले कुनै विभागको जिम्मेवारी नपाउनु मात्रै होइन, सचिवालयमै अटाइनन् । ५१ सदस्यीय सचिवालयमा करिष्माको नाम समावेश गरिएको छैन।
यस्तै अमेरिकाबाट फर्किएर नयाँ शक्तिमा प्रवेश गरेका अभिनेता सरोज खनाल पनि सचिवालयमा छैनन्। उनीहरु दुवैजनाको नाम केन्द्रीय अन्तरिम परिषदमा भने छ।
चलचित्र निर्माता तथा अभिनेता अशोक शर्माले भने सांस्कृतिक विभागको जिम्मेवारी पाएका छन्। setopati
Post a Comment