जागिर छाड्ने तयारीमा थिइन् एयर होस्टेज रमा

जागिर छाड्ने तयारीमा थिइन् एयर होस्टेज रमा
काठमाडौं- २६ वर्षे एयर होस्टेज रमा राउतले जागिर छाड्ने तयारी गरिरहँदा दुर्घटनामा ज्यान घुमाएकी छिन्। व्यस्तताको कारण राजीनामा पत्र बुझाउन नभ्याउँदै उनको निधन भएको छ। उनकी साथी सविना श्रेष्ठका अनुसार पछिल्लो समय ऐयर होस्टेज राउतले जागिर असुरक्षित लागेको बताउँदै आएकी थिइन्।

'सहयोगी स्वभावकी उनी एयर होस्टेजको जागिर असुरक्षित महशुस गरेर राजीनामा पत्र तयार गरिसकेको बताउँ थिइन्। व्यवस्थापनमा रुचि राख्ने हुँदा आफैं केही गर्नुपर्छ भनेर कुराकानी हुन्थ्यो,'उनले भनिन्,'एक महिना अन्तिम पटक उनीसँग भेटघाटको कुराकानी फोनमा हुँदा दुवैको व्यस्तताले भेट हुन सकेन्।'

एयर होस्टेज राउतको पारिवारिक स्रोत अनुसारका जागिर असुरक्षित लागेर छाड्ने कुराकानी समेत भएको थियो। 'असुरक्षित महशुस गरेपछि उनले राजीनामा समेत लेखिसकेकी थिइन्। पारिवारले उनको चिन्ता गरिरहने हुँदा नेपालभित्रका उडानहरु असुरक्षित हुने बताउने गरेकी थिइन्,'नेपाल पुलिसका कार्यरत उनका भाई प्रमोद राउतले भने।

कुलेश्वर निवासी एयर होस्टेज राउत विगत तीन वर्षदेखि यति ऐयरलाइन्स्मा कार्यरत थिइन्। व्यवस्थापन विषयमा स्नातक गरेकी ऐयर होस्टेज राउतले एयरर्पोटबाट अन्तिम पटक परिवारसँग कुराकानी गरेकी थिइन्। 'उनको तीन वर्षे एयर होस्टेजको जागिरमा यस्तो नराम्रो अनुभव कहिल्यै भएको थिएन्। यो उनको पहिलो र अन्तिम नराम्रो अनुभव रह्यो,'उनले भने। एयर होस्टेज राउतकी आमा र दुई दाजुभाई छन्।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget