राज्यलाई झुकाएरै छाड्छौंः महन्थ ठाकुर


२७ माघ, विराटनगर । मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको विदेभ अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
राज्यले भाषा, रंग र भेषका आधारमा मधेसमाथि विभेद गरेको उनको आरोप छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने-‘अहिले आन्दोलन रोकिएको छैन, स्वरुप मात्र परिर्वतन भएको हो ।’
विभेद अन्त्य नहुँदासम्म आन्दोलन गर्ने भन्दै उनले राज्यलाई झुकाएरै छाड्ने बताए ।
तमलोपा अध्यक्ष ठाकुरले सीमांकन आफूहरुको मुख्य माग भएको बताए । यसबारे कार्यदल स्तरमा समेत सहमति खोज्न सकिने उनको भनाइ थियो ।
सञ्चारकर्मीको प्रश्नमा नेता ठाकुरले मधेसी मोर्चाको विधान विपरितको गतिविधि गरेकाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराएको बताए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget