विश्व स्काउटको इतिहासमा लामिछाने सर्वोच्च पदक पाउने पहिलो नेपाली

काठमाडौं, २४ माघ । नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट संगठनले सो संगठनको सर्वाेच्च पदक ‘ब्रोन्जउल्फ’ प्रदान गर्ने निर्णय गरेको छ ।
स्काउटिङ्गको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्ति विशेषलाई मात्र यो पदक दिने गर्ने गरिएको सो संगठनले जनाएको छ । सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुनुहुन्छ । सो संगठनले २०१६ जनवरी २९मा लामिछानेलाई सो पुरस्कार दिने घोषणा गरेको हो । घोषित पुरस्कार केही समयपछि एक अन्तर्राष्ट्रिय समारोहमा प्रदान गरिने भएको छ ।
पुरस्कार स्थापनाको ८० वर्षको इतिहासमा हालसम्म यो पदक पाउनेहरुमा स्काउटिङ्ग अभियानका प्रवर्तक लर्ड वेडेन पावेल, लेडी वेडेन पावेल, स्विडेनका राजा कार्ल गुस्ताफ १६औं, फिलिपिन्सका राष्ट्रपति फिडेल रामोस, लग्जम्वर्गका राजा एस.ए.आर. जिन, साउदी अरेवियाका राजा अब्दुल्लाह बिन अजिज, थाइल्याण्डका नरेश भूमिबोल अब्दुलादेज तथा डेनमार्ककी राजकुमारी लगायत स्काउटको विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरु रहेका छन् ।
लामिछानेले राष्ट्रिय, एशिया प्रशान्त क्षेत्रीय र विश्व स्तरमा स्काउटिङको विकासमा गनुभएको योगदानको कदर गर्दै यो सवोच्च पदक प्रदान गरिएको हो । विश्व स्काउट संगठनको सतबार्षिकी मनाउने शिलसिलामा उहाँको विषेश पहलबाट रसुवा जिल्लामा अवस्थित ५८९० मिटर अग्लो हिमशिखरलाई स्काउटका प्रवर्तक लर्ड वेडेन पावेलका नाममा (Baden Powell Scout Peak) नामाकरण गरिएको हो । यो हिमशिखर चढि साहसिक कार्य गर्न विश्वका विभिन्न राष्ट्रका युवा स्काउटहरु नेपाल आउने गरेका छन् ।
लामिछानेकै विषेश पहलमा आजका दिनमा नेपाल स्काउटलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन उल्लेख्य काम भएको छ, जुन कुरा प्रत्येक संस्थाको स्थायित्वका लागि अत्यन्तै महत्वपूर्ण छ । यसैगरि उहाँकै विषेश पहलमा नुवोकोट जिल्लाको ककनीमा अवस्थित अन्तर्राष्ट्रिय स्तरको स्काउट केन्द्र बनाउन लग्जेम्वर्ग स्काउट र लग्जेम्वर्ग सरकारको सहयोगमा स्थापना गरि हाल उक्त केन्द्र आत्मनिर्भर भएको छ भने उक्त केन्द्रलाई विश्व स्काउट संगठनले गत वर्ष विश्वकै उत्कृष्ट स्काउट केन्द्रहरु मध्येको एक भनि मान्यता प्रदान गरेको छ ।
लामिछाने हाल विश्व स्काउट संगठन, एशिया प्र्रशान्त क्षेत्रीय स्काउट संगठनकोे एवार्ड समितिको अध्यक्ष हुनुहुन्छ । उहाँले यस अघि एशिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ विगत ५२ वर्षदेखि स्काउटमा आवद्ध हुनुहुन्छ । नेपाल स्काउटको तल्लो तह (टेण्डरफुट) देखि सबै तह पार गर्दै प्रमुख आयुक्तसम्म पुग्ने उहाँ पहिलो नेपाली स्काउट हुनुहुन्छ ।
पर्वत जिल्लाको एक साधारण परिवारमा जन्मिनु भएका लामिछाने २०२० सालमा नेपाल स्काउटमा प्रवेश गर्नुभएको थियो । ललितपुर जिल्लाको जिल्ला आयुक्त, नेपाल स्काउटको तालिम आयुक्त, अन्तर्राष्ट्रिय आयुक्त, सह–प्रमुख आयक्त हँुदै उहाँ सन् २००४ मा नेपाल स्काउटको प्रमुख आयुक्तमा निर्वाचित हुनुभएको थियो । सन् २००९ मा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिको सदस्यमा निर्वाचित भई सन् २०१२ मा सोही समितिको प्रथम उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुन सफल हुनुभएको थियो ।
लामिछाने नेपाल लगायत एशिया प्रशान्त क्षेत्रमा स्काउट शिक्षाको प्रर्वद्धन, विकास र विस्तारमा उल्लेख्य योगदान गरेवापत नेपाल स्काउटको सर्वाेच्च पदक सुनौलो गैंडा, फिनल्याण्डको राष्ट्रिय पदक तथा विभिन्न मुलुकका स्काउट संगठनबाट दर्जनौं उच्च सम्मान र विभूषणद्धारा विभूषित भईसक्नु भएको छ । उहाँ लक्जम्र्वगका लागि अवैतनिक नेपाली महावाणिज्य दुत हुनुहन्छ भने अवैतनिक महावाणिज्यदुतहरुको संस्थाको डीन समेत हुनुहुुन्छ ।
dainiknepal



Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget